६ भदौ, एजेन्सी।
बलिउडका ‘सुल्तान’ सलमान खानको कान्छी बहिनी अर्पिताको घरमा चोरी भएको छ। चोरले अर्पिताको घरबाट करिब ३.२५ लाख भारु बराबरको सुन र नगद लगेको बताइएको छ। घरमा चोरी हुँदा अर्पिता आफ्ना पति आयुषसंग बान्द्रामा बिदा मनाउँदै थिइन। २१ अगस्ट आइतबार घर फर्केपछि घरमा चोरी भएको थाहा पाएकी हुन।

arpita and husband aayush 14347116

अर्पिता पति आयुषसंग

घरको काम गरने अफशा खान काममा नफर्केपछि चोरी पत्ता लागेको थियो। घरको सबै काम गर्दै आएकी अफशालाई प्रहरीले पक्राउ गरेको छ।

सलमानले गिफ्ट दिएका थिए घर..salman and sister arpita 22331016

सलमानले अर्पिताको विवाहमा बान्द्राको पेसिफिक हाइट्समा ३ फ्ल्याट गिफ्ट गरेका थिए। यो बान्द्रा स्थित सलमानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’बाट पाँच मिनेटको दुरीमा पर्छ। सलमानले बहिनीको घरको लागि करिब १६ करोड भारु तिरी किनेका थिए।

सन् २०१४ नोभेम्बरमा सलमानले धुमधामले अर्पिताको विवाह गराएका थिए। अर्पिताको अहिले एक छोरा भइसकेको छ।