एजेन्सी ।

बलिउडका अविवाहित सेलिब्रेटी अभिनेता सलमान खान अव पिताको भूमिकामा देखिने भएका छन् । यसराज ब्यानरमा बन्न लागेको फिल्म ‘सुल्तान’ मा सलमान खान पिताको भूमिकामा देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो फिल्मको निर्देशन अली अब्बास जफर गर्दैछन् । यो फिल्ममा सलमान रेसलर पिताको भूमिकामा देखिने बताइएको छ ।

Salman111

सलमान खान पिता बन्न लागेको यो पहिलो फिल्म भने होइन । यस अघि उनी ‘बीवी नंबर 1’, ‘जब प्यार किसी से होता है’ जस्ता फिल्ममा पनि पिताको भूमिकामा देखिएका थिए ।

बजरंगी भाइजानको सफलताबाट उत्साहित सलमान खान अहिले भने ‘प्रेम रतन धन पायो’ शुटिङमा ब्यस्त छन् ।