काठमाडौं ।

नेपाली कांग्रेसको महाधिवेशन शुरु हुनै लाग्दा रोचक रोचक समिकरण र उम्मेदवारी शुरु भएका छन् । नीति भन्दा पनि नेतृत्वले प्रधानता पाएको कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा यस्तै रोचक भिडन्त मध्ये महामन्त्रीको भिडन्त सबैभन्दा रोचक हुने अनुमान गरिएको छ ।

यस अघि कांग्रेस संस्थापन पक्षमा रहेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी महाधिवेशनको मुखमा कित्ता परिवर्तन गर्दै देउवा पक्षवाट महामन्त्रीमा उम्मेदवार बन्ने तयारीमा छन् भने संस्थापनमै रहेका युवा नेता गगन थापाले पनि महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिलेको समिकरण कायम रहने हो भने गगन थापा आफ्ना ससुरा अर्जुननरसिंह केसीसँग महामन्त्रीमा भिडन्त गर्ने तयारीमा छन् ।

Arjun vs Gagan

गगन थापाले भारतका विश्वासपात्र मानिने र गिरिजाप्रसाद कोइराला र केही समय सम्म सुशील कोइरालाको समेत दाइने हात कृष्ण सिटौलाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यद्यपी उनलाई पारिवारिकरुपमा नै ससुरालाई महामन्त्री छोड्ने दवाव परिरहेको बताइन्छ । सुशील कोइरालालाई प्रधानमन्त्री बन्नबाट रोक्ने र राष्ट्रपति बनाएर गृहमन्त्री पड्काउने दाउमा पराजित भएपछि कृष्ण सिटौलाले सुशीलको निधनसँगै आफै उम्मेदवारी दिने तयारमा जुटेका हुन् । कांग्रेसको चुनावमा भारतले चाहेको ब्यक्ति आउने अनुमान तिव्र भैरहँदा सिटौलाको तयारीले कांग्रेस भित्रको समिकरण नै बदलिदिएको छ ।

गगन हार्दै कि जित्दै ?
महाधिवेशनको पूर्वसन्ध्यामा कित्ता परिवर्तन गरेर देउवा पक्षमा उँभिएका ससुरा अर्जुनरसिंह केसीले महामन्त्रीको कोटा पाउने भएपछि गगनलाई भने राजनीतिकरुपमा फाइदा भएको कतिपय विश्लेषकहरु बताउँछन् । उनीहरुको विचारमा कांग्रेसमा तुलनात्मकरुपमा पन्छाउन खोजिने र आन्तरिक षडयन्त्रको समेत शिकार बन्न सक्ने गगन थापाले संस्थापनको भोट काटेर अर्जुनरसिंह केसीलाई जिताउन भूमिका खेल्दा पनि राम्रै हुने र आफैले महामन्त्री जिते झनै राम्रो हुने रणनीतिकरुपमा सेफ जोनमा गगन उँभिएका छन् ।

Gagan-Thapa

फाइल तस्बिर

गगनको विषयमा अर्जुनलाई शर्त
देउवा पक्षले अर्जुननरसिंह केसीलाई स्वीकार गर्दा गगनलाई पनि ल्याउनु पर्ने शर्त राखेको पनि श्रोतको दावी छ । देउवा पक्षीय नेताका अनुसार केसीले गगन थापा सहितको टिम ल्याएमा मात्र टिमको महामन्त्रीको उम्मेद्धार बनाउन सकिने शर्त देउवाले राखेका छन् । केसीले गगन सहितको टिम नल्याएमा विमलेन्द्र निधिलाई महामन्त्री बनाउने देउवाको आन्तरिक तयारी भएको बताइन्छ । यस्तो भएमा गगनका लागि तयार भएको सेफल जोन एकाएक भत्किन पनि सक्छ। ज्वाई ससुरा भिडन्त रोचक हुने भए पनि खास परिस्थितीमा यी दुइको भिडन्त नहुन पनि सक्छ । चुनावको अन्तिम समयमा एकले अर्कालाई महामन्त्री छोड्ने संभावना पनि उत्तिकै रहेको बताइन्छ ।

कमजोर पक्ष

कतिपयले गगनलाई नेबिसंघको महामन्त्री बन्दै राजनीतिमा उदाएको भएपनि संगठन ध्वस्त पारेको आरोप लगाउने गरेका छन् । केहीको आशंकामा चुनावमा खराव परिणत आए गगन थापा बाबुराम भट्टराईको नयाँ शक्तिमा जाने गोप्य तयारीमा समेत छन् । यद्यपी गगनले आफूलाई नयाँ शक्तिमा नजोड्न आग्रह गरिसकेका छन् ।

गगन थापाको बाबुरामलाई आग्रह- मेरो नाम नयाँशक्तिमा नजोड्नुस्

समय समयमा गगनले दिएका अभिब्यक्तिका कारण पनि गगनलाई खतराको घण्टी बजिरहेको उनीहरु ठान्छन् । प्रहरी कारवाहीमा मारिएका गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टरको विरोधमा मानव अधिकारको कुरा उठाउँदा उनको सबैभन्दा बढी आलोचना भएको थियो । यो उनका लागि चुनाव हराउने कारण पनि बन्न सक्छ । यद्यपी अघिल्लो चुनावमा गगनले सर्वाधिक भोट ल्याएर केन्द्रिय सदस्य जितेको कुरा स्मरणीय छ ।

महत्वाकाँक्षी गगन
पार्टी संवैधानिक राजतन्त्रको पक्षमा रहेको समयमा गणतन्त्रको मुद्धा उठाएर एकाएक सेलिब्रेटी बनेका र जनआन्दोलनपछि यसले केही गर्छ भनेर ठानिने मध्येमा पर्ने नेता हुन् गगन थापा । कांग्रेसका युवा नेता मध्ये गगन थापा भिजन भएका (कतिपयको नजरमा गफै बढी भएका) र महत्वाकाँक्षी नेता हुन् । उनले गत संविधानसभाको चुनावमा आफूले एमाओवादीका अध्यक्ष प्रचण्डलाई प्रत्यक्ष चुनाव लडेर हराउने अभिब्यक्ति दिएपछि उनको चर्चा र आलोचना दुवै भएको थियो । संविधानसभाले संविधान जारी गर्ने तयारी गर्ने बेला सम्म कांग्रेसभित्र प्रत्यक्ष कार्यकारीको वकालत गरिरहेका थिए । पार्टीमा सँधै नयाँ कुरा गरेर चर्चामा रहने गगनलाई धेरै कांग्रेसीहरुले मन पराउँछन् । खासगरी युवा पंक्तिमा उनको उच्च माग छ ।  महत्वाकाक्षी गगनका लागि पार्टी महाधिवेशन कति फलिफाप हुन सक्छ त्यो भने हेर्न बाँकी छ ।

गगन थापासहितका कांग्रेस युवा नेताले ल्याए पार्टी सुधारको प्रस्ताव

घैंटै काण्डमा विवादमा परेपछि गगन थापाको ३ पेज लामो स्पष्टिकरण (विवरण सहित)