२९ असार, काठमाडौ ।

सांगीतिक दुनियाँमा युवा गायक प्रकाश बटाला मायालुको आगमन भएको छ । ‘सिल्की कपाल’ बोलको म्युजिक भिडियो यूट्युबबाट सार्वजनिक गरेर बटाला सांगीतिक जगतमा प्रवेश गरेका छन् ।

चार बर्षअघि रोजगारीको सिलसिलामा इपीएस मार्फत दक्षिण कोरिया पुगेका कैलाली स्थायी घर भएका बटालाले शब्द संकलन गरेको म्युजिक भिडियोको गीतमा उनैले स्वरवद्ध गरेका छन् ।

सानैदेखि गीत संगीतमा रुचि राख्ने बटालाको गीत गाउने सपना भने विदेशमा पुगेर पूरा भएको छ । सो म्युजिक भिडियोमा सरला थापा र रविशंकरले अभिनय गरेका छन् । रमेश संग्रौलाको संगीतमा सजिएको सो गीतलाई निर्देशन पनि संग्रौलाले नै गरेका हुन् ।