९ भदौ, एजेन्सी । साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल साउद एक महिना लामो विदा मनाएर बुधबार मोरोक्कोबाट स्वदेश फिर्ता भएका छन । राजा सलमानको यो व्यक्तिगत विदा भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विदा मनाउन जाने क्रममा अरबका राजाले इब्न बाट्टौटा विमानस्थलमा मोरोक्कोका प्रधानमन्त्री साडेड्डीन इल अथमानीसँग भेटेको मोरोक्कोको एउटा अनलाईनले लेखेको छ ।

साउदी राजा सलमानले मोरोक्कोका राजा मोहम्मद छैठौं, सुडानका राष्ट्रपति ओमार अल बसिर र यमनका राष्ट्रपति अब्दु राब्बो मनसुर हादीलाई समेत भेटेका थिए ।

त्यसैगरी कतारको राजपरिवारका एक जना बरिष्ठ सदस्य सेख अब्दुल्लाह बिन अली अल थानीसँग समेत दुई देशको आपसी सम्बन्ध थप मजबुद गराउने बारेमा छलफल भएको थियो ।