३ फागुन, काठमाडौं ।

भारतको गुहाटीमा जारी १२ औ दक्षिण एसियाली खेलकुदमा नेपालले दोश्रो स्वर्ण हात पारेको छ । नेपालका लागि दोश्रो स्वर्ण पनि नेपाली चेलीले दिलाएकी छिन् ।

नेपालले जुडोमा स्वर्ण जितेको हो । फूपू ल्हामु खत्रीले स्वर्ण पदक जित्दै नेपालका नाममा दोश्रो स्वर्ण दर्ता गरेकी हुन् ।

नेपालले भारतलाई यसरी जित्न सक्छ ! गर्नै नहुने ३ गल्ती

भारतको नजरमा नवयुगः यस्तो छ भारतीय रणनीति

यस अघि प्रतियोगिता सुरु भएको पाँचौं दिनमा नेपालका लागि उसुतर्फको नान्ताओमा निमा घर्तीमगरले स्वर्ण पदक दिलाएकी थिइन् ।