एजेन्सी।

सिजन परिवर्तनसंगै सताउने एलर्जीको नयाँ पाटो उजागर भएको छ। allergy 13576310‘हे फिभर’ अर्थात धुलोबाट नाक र आँखा चिलाउने र नाकबाट लगातार पानी बग्ने अधिकांसको समस्या बनेको छ। सिजन परिवर्तन संगै देखिने यस्ता एलर्जीले ‘ब्रेन इम्युन सेल’ घटाएपनि स्यानु टिस्युको विकास भने बढाउने देखिएको छ।

‘हे फिभर’ जसलाई ‘एलर्जीक रिनिटिस’ पनि भनिन्छ, घर भित्र वा बाहिरी वातावरणको धुलो वा धुँवाको कारण आँखा, नाक चिलाउने, हाछ्युँ आउने आदी लक्षण देखिने गर्छ।

विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार विश्वको १०-३० प्रतिशत जनसङ्ख्या ‘हे फिभर’बाट ग्रसित छन्।

मुसामा गरिएको एक अनुसन्धान अनुसार, घाँसबाट निस्कने पोलेनको असरले मुसामा सामान्य अवस्था भन्दा बढी स्यानु कोषिया विकास भएको भेटियो।

एलर्जी रियाक्सनको क्रममा, नयाँ मेमोरी बनाउन भुमिका खेल्ने दिमागको भाग, हिप्पोक्याम्पसमा स्यानुको बढ्दो सङ्ख्या भेटिएको हो। दिमागको यो भागमा जीवनभर नयाँ स्यानु बनिरहने गर्छ। एलर्जी भइरहँदा स्यानु नयाँ थपिने क्रम तीव्र भएको भेटिएको हो।

यसले खोजकर्ताहरुमा प्रश्न उब्जाएको छ, एलर्जीले सम्झने शक्तिमा कस्तो प्रभाव पार्छ?

तर, एलर्जीले माइक्रोग्लिया (ब्रेन इम्युन सेल) घटाएको पाइयो माइक्रोग्लियाले केन्द्रिय स्यानु प्रणालीमा रोग प्रतिरोधात्मक कार्य गर्न भुमिका खेल्छ। अनुसन्धानमा प्रयोग भएका मुसाको दिमागमा माइक्रोग्लिया निष्कृय रहेको पाइएको छ।

यो पनि पढ्नुस्।

एलर्जीले सताएको छ?

रुघाखोकीबाट ग्रसित हुँदा कस्तो फलफूल खाने र कस्तो नखाने?