१६ असार, झापा ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह जिल्लामा राप्रपालाई सफलता हात परेको छ । झापाको कचनाकवल गाउँपालिका वडा नम्बर १ मा राप्रपाका लक्ष्मीनारायण यादवले जित हात पारे ।

याे पनि पढ्नुस: देउवाको गृहजिल्लामा एमालेले बाजि मार्यो

यादवले ८६० मत सहित जित हात पार्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका रुद्रमणि दाहालले ७३२ मत प्राप्त गरे । चुनावका लागि भन्दै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिटौलालो पहिलो पटक गृहजिल्लामा सबैभन्दा लामो समय बसेका थिए ।

स्थानीयका अनुसार खुल्ला राजनीतिमा आएपछि सिटौलाले गृह जिल्लामा यति लामो समय १५ दिन बिताएको यो पहिलो पटक हो । उनी चुनाव हुनुभन्दा १५ दिन अघि नै झापा पुगेका थिए ।