१३ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले नवलपरासीको त्रिवेणी गाविसका ६ र ७ लाई विनयी गाविसमा मिलाउने र त्यसलाई ४ नं प्रदेशमा राख्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए । रासस