९ माघ, रत्ननगर (चितवन) । चितवनको भरतपुरमा आज सिमेन्टको बोराले थिचेर एक मजदुरको मृत्यु भएको छ ।

भरतपुर उपमहानगरपालिका–११ स्थित पुनम चोक नजिकै रहेको उपहार सप्लायर्समा काम गर्ने मजदुरको सिमेन्टको बोरा ओसारपसार गर्ने क्रममा बोराले थिचेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

मकवानपुर घर भई चितवनमा बस्ने अन्दाजी वर्ष ४० को हिरा दुलाललाई सिमेन्टको बोरा लोडअनलोड गर्ने क्रममा बोराको चाङ पल्टेर थिच्दा मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।