१३ मंसिर, काठमाडौं ।

केहि दिन यता निरन्तर घटिरहेको सुनको मूल्यमा आइतबार पनि गिरावट आएको छ । आइतबार सुनको मूल्यमा प्रति तोला २ सय रुपैयाँले घटेर प्रतितोला ४८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला ६ सय ७५ रुपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ ।