१० भदौ, काठमाडौं ।

निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ । हिँजो ८ सय रुपैयाँले घटेको सुन आज फेरि प्रतितोला ५ सयले घटेको हो ।

विहीबार सुनको मूल्य प्रतितोला ५० हजार ५ सय रुपैयाँ तोकिएको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।