१८ साउन, काठमाडौं ।

पछिल्ला केही दिन यता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । सुनको मूल्य घटेपछि बजारमा सुन किन्न मारामार चलिरहेको छ । सुन पुनः महंगो हुनु अघि नै सुन जम्मा पार्नका लागि मान्छेहरु तँछाड मछाड गरिरहेका छन् ।

तर सुनको मूल्य घटिरहेको समयमा पनि सुन किन्ने तरिका जानिएन भने महंगो मूल्य तिरेर तपाइँ ठगिने खतरा हुन्छ । सस्तो सुन किन्दा पनि तपाइँको पैसा भने महंगोकै मूल्य बराबर जान सक्छ ।

gold ornaments

यसको मुख्य कारण के हो भने मानिसहरु मूल्य सुनेर बजारमा सुन किन्न जान्छन् तर उनीहरुलाई सुन किन्ने तरिका थाहा हुँदैन । यहाँ सुन किन्दा कसरी किन्ने भनेर जानकारी दिने कोशिस गरिएको छ ।


gold jewellery

माने लिउँ नेपाली बजारमा सुनको मूल्य ४७८०० पुगेको छ । अव विचार गर्नुस् तपाइँले कति क्यारेटको सुनलाई पैसा तिर्दै हुनु हुन्छ । तपाइँलाई २४ क्यारेट भनिएको सुन समेत २४ क्यारेट नहुने सम्भावना प्रवल हुन्छ । किन भने २४ क्यारेटको सुन एकदमै कमजोर हुन्छ र यसका गहना भाँचिने र टुट्ने सम्भावना बढि हुनेछ ।

पहिलो कुरा

शुरुमा तपाइँलाई क्यारेटको नाममा ठगिन्छ भने त्यसपछि गहना बनाउन लाग्ने चार्जको शीर्षकमा । तपाइँले आज बनाएको गहना भोली फिर्ता गर्न जानु भो भने पनि पसलेले तपाइँसँग गहना बनाएको चार्ज भनेर ५ देखि १० प्रतिशत पैसा काट्ने गर्छन् । यी कुरामा ध्यान निदिँदा सुन कारोबारमा घाटा खानु पर्ने अवस्था आउन सक्छ ।

यो पनि हेर्नुस्

विश्लेषक भन्छन्ः यसकारण ३० हजार तोला भन्दा सस्तो हुन्छ सुन 

सुन खरिद गर्दा ध्यान दिनै पर्ने ५ कुरा 

ध्यान दिनु पर्ने कुरा के हो भने तपाइँले सुन बेच्नु परेमा यो मेकिङ चार्ज पाउनु हुन्न केवल सुनको मुल्य मात्र पाउनु हुन्छ । सके सम्म कम भन्दा कम मेकिङ चार्ज भएको गहना खरिद गर्नुस् यसबाट तपाइँलाई घाटा पर्दैन । मेकिङ चार्ज बढी हुने गहनामा सुद्धताको समेत समस्या हुने गरेको छ ।

अर्को कुरा
गहना बेच्नेहरुले गहना फिर्ता गर्दा वेष्टेज चार्ज लिन्छन् । सुनका गहनालाई बनाउँदा र प्रयोग गर्दा सुनमा क्षति भएको भन्दै ज्वेजर्सहरुले बेचेको मूल्यमा वेष्टेज चार्ज कटौती गर्छन् । यसो गर्दा कैयौं ग्राहकहरु त ठगिने समेत हुन्छ ।