९ साउन, काठमाडौं ।

संविधानसभाका पूर्व अध्यक्ष एवं नेकपा एमाले संददीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अकस्मात विरामी परेका छन् । विरामी भएपछि उनलाई काठमाडौंको मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

नेम्वाङलाई सुगर र प्रेसरको कमी भएको र नियमित वान्ता हुन थालेपछि बिहान साढे ९ बजे मोडल अस्पतालमा लगेर भर्ना गरिएको हो । उनी सुगर र प्रेसरबाट पीडित छन् । अहिले उनको अवस्था सामास्य रहेको नेम्वाङको सचिवालयले जनाएको छ ।