६ कात्तिक, काठमाडौँ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बङ्गलादेश सूचना तथा सञ्चार प्रविधि(आइसिटी)मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताएका छन् ।suchana-mantri-surendra-kumar-karki-airport-333378216

बङ्गलादेशमा आयोजित आइसिटी सम्मेलनमा भाग लिएर आज स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै उनले भने “हामी आइसिटी र विकासको प्रक्रियालाई छुट्टाछुट्टै ढङ्गले बुझ्छौँ, सम्पूर्ण कुरालाई आइसिटीसँग जोड्ने कुरामा नै हामी कमजोर छौँ, यो युवाका लागि चुनौती हो ।”

यही कात्तिक ३ देखि ५ गतेसम्म चलेको सम्मेलनमा माल्दिभ्स, भुटान लगायत एसियाली मुलुक र अन्य मुलुकका प्रतिनिधिको सहभागिता थियो । रासस