महिलाले प्राय सोच्ने गर्दछन् कि कस्तो लुगा लगाउदा चाहिँ सुन्दर देखिएला ?  सायद तपाइलाई थाहा नहुन सक्छ, आज पनि महिलाले लगाउने लुगाबाट उसको सुन्दरता मात्र नभई बौद्धिकता पनि मुल्यांकन गर्ने गरिन्छ ।

तर के महिलाले लगाएको लुगा र उनक बौद्धिकतासंग कुनै सम्बन्ध छ?

हालै गरिएको एक अनुसन्धानबाट आकर्षक पहिरनले महिलाको व्यक्तित्व झल्काउने पत्ता लागेको छ ।

वेडफोर्ड युनिभर्सिटीमा २१ देखि ६४ वर्ष समुहका विधार्थीबीच गरिएको अध्ययनमा अन्य महिलाभन्दा आकर्षक लुगा लगाउने महिला बढि सिर्जनात्मक, विश्वसनिय, तार्किक र बुद्धिमान हुने पत्ता लागेको हो ।

साथै जुन महिलाले चाडो चाडो कपडा फेर्न रुचाउछन्, ती महिला एकदमै मुडी र अस्थिर स्वभावका हुने समेत अनुसन्धानबाट बाहिर आएको थियो । साथै यस्ता महिलाले अरुप्रति सकारात्मक सोचाई राख्ने, आत्मनिर्भर र आफ्नो इच्छाअनुसार चल्ने स्वभावका हुने गरेको पत्ता लागेको छ ।

याद रहोस्, यस्ता अनुसन्धान केही सिमित व्यक्तिमा गरिने भएकाले सबैमा यस्तै लागु हुन्छ भनि भन्न भने सकिदैन।