२८ साउन, काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयरका निकटतम प्रतिष्पर्धि गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् ।

आज धनगढीमा भएको भेलामा पार्टी प्रवेश गरेका हमाललाई प्रदेश नम्बर ७ को संयोजकको जिम्मेवारी पनि दिइएको छ । पार्टी सह संयोजक रबिन्द्र मिश्रले हमाललाई पार्टीमा भित्र्याए । प्रदेश संयोजकको जिम्मेबारी पाएपछि हमालले सुदुरपश्चिमका सबै जिल्लामा पार्टी विस्तार गर्ने बताएका छन् ।
स्था

नीय तहको हालै सम्पन्न निर्वाचनमा स्वतन्त्र उमेद्बारी दिएका हमालले ठूला दललाई चुनौती दिएका थिए । निकै राम्रो भोट पाएका हमाल नेपाली काँग्रेसका नृप वड मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिष्पर्धि भएका थिए । उनले एमाले र माओवादी केन्द्रका उमेद्बार भन्दा पनि बढी भोट ल्याएका थिए ।