मनुष्यले अमरत्व प्राप्त गर्नका लागि चाहे जतिसुकै कोशिश किन नगरून्, तर सृष्टिको नियमविरुद्ध कसैले एकदम पनि पाइला चाल्न सक्दैनन्। यो सृष्टिको त्यो नियम हो, जसलाई अझसम्म कुनै पनि मनुष्यले तोड्न सकेका छैनन्- जीवन र मृत्युको नियम।

जन्म लिएर आएपछि हरेकले अवश्य मर्नु पर्छ। चाहे त्यो हिन्दु धर्म होस् या क्रिश्चियन, चाहे मुस्लिम नै किन नहोस्, प्रकृतिको यो नियम सबै धर्ममा साझा छ। फेरि सबै धर्मको अर्को साझा नियम के छ भन्दा, शरीर मरेपनि आत्मा कहिल्यै मर्दैन र शरीरको मृत्यु पश्चात उसको आत्मा दोस्रो शरीरमा प्रवेश गर्दछ। यो प्रक्रिया तबसम्म चलिरहन्छ जबसम्म त्यस आत्माले मोक्ष प्राप्त गर्दैन। त्यसैले बेफ्वाँकमा अमरत्वको सपना देख्नु भनेको दिवास्वप्त सरह हुन्छ।

हुन त मृत्युको नाम सुन्ने बित्तीकै मनुष्यको मनभित्र कम्पन पैदा हुन थाल्दछ। तर यो पनि सत्य हो कि मानिसले यस विषयको बारेमा जान्न जति जिज्ञासु हुन्छन्, त्यति अन्य कुनै पनि विषयको लागि हुँदैनन्। मृत्युपूर्वाभास होस् या मृत्युपश्चात आत्माको यात्रा- यी सबै विषयहरूको बारेमा जान्न मनुष्यले आ-आफ्ने तरिकाले जिज्ञासा पोखिराखेका हुन्छन्।

यसै सन्दर्भमा आज हामी तपाईँहरूलाई मृत्युसँग जोडिएका केहि रहस्यहरूको बारेमा अवगत गराउन गैरहेका छौँ, जुन स्वयं मृत्युका देवता ‘यमराज’ले बताएका थिए।

कठोपनिषद

१०८ उपनिषदमध्येको ‘कठोपनिषद’मा यमराज र बालक ‘नचिकेता’को भेटसँग जोडिएको एक कथा प्रसङ्ग उल्लेख गरिएको छ। जसको अनुसार, क्रोधित पिताले जब नचिकेतालाई मृत्यु यानि यमराजलाई दानमा दिन्छन्, तब नचिकेताले आफ्ना पिताको आज्ञा पालन गर्दै यमराजको खोजमा निस्किन्छन्।

यमराजको खोजी गर्दागर्दै उनी यमपूरीमा पुगे तर अझसम्म नचिकेताको मृत्यु भैसकेको थिएन। त्यसैले देहको साथमा यमपूरी प्रवेश गर्न सकिँदैनथ्यो। त्यसैले यमराजले आफ्ना द्वारपालेहरूलाई सो बालकलाई घर फर्किन भन्नको लागि आदेश दिए। तर नचिकेताले द्वारपालेहरूको कुरा मानेनन् र ३ दिनसम्म भोक-प्यास नभनी त्यहिँ यमपूरीको द्वारमा उभ्भिरहे।Facts about Death by Yamraj 25392315

द्वारपालेहरूको कैयौँ प्रयासले पनि नचिकेताको त्यो बालहठ र आस्थालाई भङ्ग गर्न सकेन। उनको यस्तो आस्था र दृढता देखी स्वयं यमराज उसको पास आएर ३ वटा वरदान माग्न आज्ञा दिए।

वरदान स्वरूप नचिकेताले सबैभन्दा पहिला आफ्ना पिताको स्नेह, दोस्रो स्वर्ग अग्निविद्याको ज्ञान र तेस्रो मृत्युसँग जोडिएका सबै रहस्यको जानकारी मागे।

स्वर्ग अग्निविद्या

पिताको स्नेह पनि यमराजले वरदानमा दिए र स्वर्ग अग्निविद्या (जसको माध्यमबाट स्वर्गप्राप्त गर्न सकिन्छ) का स्वरूप कुण्डादि बनाउने प्रक्रिया र विधि पनि उनले नचिकेतालाई दिए। उनले यो पनि घोषणा गरिदिए कि- “आज देखि यस विद्यालाई नचिकेताको नाम यानिकी नचिकेताग्नि को नामबाट चिनिनेछ।”Facts about Death by Yamraj 43482915

तेस्रो वरदान

सर्वप्रथम त यमराजले बालक नचिकेताको तेस्रो माग पूरा गर्नमा असमर्थता व्यक्त गरेका थिए, तर अन्त्यमा नचिकेताको हठको अगाडि उनले हार मान्ने पर्यो। त्यसपश्चात सुरु भयो मृत्युको रहस्यबाट पर्दा उठ्ने सिलसिला।

ऊँ र आत्मा

यमराजले नचिकेतालाई बताए कि “ऊँ” परमात्माको स्वरूप हो र मनुष्यको हृदयभित्र स्वयं ब्रह्माको बास रहेको हुन्छ। त्यसपछि यमराजले बिस्तार लगाउँदै गए- मृत्युपश्चात पनि आत्मा मर्दैन, शरीरको विनाशसँग आत्माको कुनै सम्बन्ध हुँदैन। त्यसले न जन्म लिन्छ, न त्यसको मृत्यु हुन्छ। जन्मपछि मृत्युसम्मको यात्रा पूर्ण गरिसकेपछि मात्रै व्यक्तिको वास्तविक यात्रा पूर्ण हुन्छ। यसको अर्थ यो हुन्छ कि व्यक्तिले जन्म-मरणको चक्रको साथसाथ ब्रह्मस्वरूपबाट पनि मुक्ति पाउँदछ।Facts about Death by Yamraj 3295815

नचिकेतालाई मृत्युको रहस्य बताउँदै यमराजले भने- जो व्यक्ति जीवित अवस्थामा नास्तिक हुन्छन्, जसको आत्माले ईश्वरको अस्तित्वमा विश्वास राख्दैन, मृत्युपश्चात त्यो आत्मा शान्तिको खोजीमा भौँतारिरहन्छ र त्यस आत्माले कहिल्यै पनि शान्ति प्राप्त गर्न सक्दैन।

यो सबै रहस्यले मृत्युको साथै जीवनको रहस्यलाई पनि दर्शाउँदछ। ईश्वरप्रतिको आस्था र मनुष्यशरीरको सम्मान- यहि नै उक्त रहस्यको सार हो।

यो पनि हेर्नुहोस्-

‘ऊँ’ को अर्थ के हो?

‘ऊँ नम: शिवाय’ले हिन्दु धर्ममा कस्तो अर्थ र महत्व बोकेको छ?

मृत्युपछि श्राद्ध गर्दा १० दिनसम्म पिण्ड चढाउनैपर्ने यस्तो छ कारण

जीवन र मृत्युलाई हिन्दु धर्ममा यसरी व्याख्या गरिएको छ

शरीर नै रथ हो, सारथी हो अनि रणभूमी पनि! हिन्दु धर्ममा मानवशरीरलाई यसरी व्याख्या गरिएको छ