५ फागुन, काठमाडौं । यहि फागुन १४ गतेका लागि निर्धारित स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ५ दिन सर्ने भएको छ ।

विद्यार्थी संगठनका नेताहरुबीच आज भएको छलफलमा चुनाव पाँच दिन सार्ने सहमति भएको (अखिल क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

विद्यार्थी संगठनबीच भएको सहमति त्रिभुवन विश्वविद्यालयलाई जानकारी गराइने र विश्वविद्यालयले आजै नयाँ मिति र तालिका घोषणा गर्ने बस्नेतले बताए ।

त्रिविले यसअघि फागुन १४ गते स्ववियु चुनाव गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको थियो ।

नेत्र विक्रम चन्द विप्लब निकट विद्यार्थी संगठन र नेविसंघले विभिन्न क्याम्पसमा लगाएको ताला खोल्ने र नयाँ भर्ना पनि तत्काल नगर्ने सहमति भएको उनको भनाई छ ।