एकै ठाउँमा हजारौँ शिवलिङ्ग भएकै कारण शलमाला नदीलाई ‘सहस्त्रलिङ्ग’ पनि भनिने गरिन्छ।

दक्षिण-पश्चिमी भारतमा पर्ने कर्नाटक राज्यमा पर्ने ‘सिरसी’ शहरमा शलमाला नाम गरेको एक नदी बग्दछ। रोचक कुरा त यो छ कि यो नदीमा हजारौँ शिवलिङ्गहरू बनेका छन्। यी सबै शिवलिङ्गहरू नदीको चट्टानमा बनेका हुन। यहाँका चट्टानमा शिवलिङ्गका साथै शिवजीका प्रियजन नन्दी भृङ्गीको पनि आकृति बनाइएको छ। Shalmala River (8)

कसले गरेको थियो यसको निर्माण?

मान्यताका अनुसार, १६औँ शताब्दीका तत्कालीन राजा ‘सदाशिवाराय’ भगवान शिवका महान भक्त थिए। शिवकै भक्तिमा डुबिरहने यी राजाले शिवकै अद्भुत रचनाको निर्माण गर्न चाहन्थे। त्यसैले उनले शलमाला नदीको बीचमा शिवलिङ्ग र नन्दी भृङ्गीका हजारौँ आकृतिहरू बनाएका थिए।Shalmala River (10)

भक्तजनहरूको ओइरो लाग्ने गर्छ यहाँ

हुन त यस अद्भुत दृश्यको अवलोकन गर्न यहाँ दैनिक सैयौँ भक्तहरूको घुइँचो लाग्ने गर्छ। तर विशेष गरि शिवरात्री र श्रावणको सोमबारको अवसरमा यहाँ हजारौँ भक्तजनहरूको भीड लाग्ने गर्दछ।Shalmala River (9)

Shalmala River (2) Shalmala River (1) Shalmala River (7) Shalmala River (6) Shalmala River (5) Shalmala River (4) Shalmala River (3)

यो पनि हेर्नुहोस्-
जब स्त्रीले बुद्धलाई सोधिन् ‘युवावस्थामा मै पहेलो वस्त्र किन लगाएको?’
कलियुगको अन्त्य कहिले र कसरी हुन्छ?- केहि सिद्धान्त
शिवजीलाई चढाउनै नहुने यी ५ पवित्र वस्तु
पहाड फोरेर निस्कियो शिवलिङ्ग, घेरे नागले…(फोटोसहित)
गर्मीमा छुट्टीने, जाडोमा जोडिने शिवलिङ्ग…(फोटोसहित)