एजेन्सी ।

उत्तर कोरियाली शासक किम जोंग उन जैविक हतियार बनाउन लागि परेको एक अमेरिकी अनुसन्धानकर्मीले दाबी गरेकी छिन्। उत्तर कोरियाले किम जोंग उनले एक किटनाशक विषालु पदार्थ बनाउने एक फ्याक्ट्री भ्रमण गरेको तस्विर सार्वजनिक गरेपछि यस्तो आँकलनलाई बल मिलेको हो। यसरी सार्वजनिक गरिएको तस्विरमा शासक उन एक किट नाशक विष बनाउने फ्याक्ट्रीको अवलोकन मात्र गरेको देखाइको छैन् बरु त्यस्ता उपकरणहकरु पनि देखाइको छ जसलाई अन्तराष्ट्रिय समुदायले प्रतिबन्धित गरेको छ।

Kim Jong factory (3)

उत्तर कोरियाको राज्य नियन्त्रित सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्विरहरुमा किमलाई प्योगंयोगं बायो टेक्निकल इन्स्टिट्युटमा देखाइएको छ।

Kim Jong factory (5)

यिनै तस्विरहरुलाई मिहिनरुपमा अध्यनन गरेपछि अमेरिकी अनुसन्धानकर्ता मेलिसा हनम्यानले भनेकी छिन-यो तस्विरले वास्तवमै जैविक हतियार निर्माण भइरहेको देखाउँछ।

Kim Jong factory

मेलिसाको दाबी छ- शासक उन चाहान्छन दुनियाँले देखोस उत्तर कोरियासंग त्यस्ता उपकरण र पदार्थहरु छन् जसबाट एनथ्र्याक्स बनाउन सकिन्छ।

तस्विरमा देखिएका उपकरणहरुको विस्तृत अध्ययन पछि मेलिसा भन्छिन-उक्त इन्स्टिट्युट खेतिबालीमा प्रयोग गरिने ब्याक्टेरिया बासिलस थुरिनजिनसिस(बिटी)बनाउने दाबी गर्छ त त्यही ब्याक्टेरियाबाट सहजै निकै घातक बासिलस एन्थ्रासिस ब्याक्टेरिया बनाउन सकिन्छ। र बासिलस एन्थ्रासिसबाट एनथ्र्याक्स बन्छ।

एनथ्रयाक्स मानिसको ज्यान लिन सक्ने रसायन हो जुनको प्रयोग युद्धमा गरिए भयाभह स्थिति सृजना हुन सक्दछ।

उत्तर कोरियाको एन्थ्र्याक्स निर्माण गर्ने क्षमता अमेरिकी र दक्षिण कोरियाका लागि खतरापुर्ण हुने चेतावनी पनि मेलिसाले दिएकी छिन्।

यी तस्विर सार्वजनिक हुने समयलाई पनि महत्वका साथ हेरिएको छ। केही महिना अगाडी मात्रै अमेरिकाले भुलवश एनथ्र्याक्स दक्षिण कोरियाको ओसान एअर बेसमा पुर्याएको थियो। अमेरिकाले यसलाई भुलवश भएको बताएपनि उत्तर कोरियाले त्यसलाई पत्याउन स्विकार गरेन बरु आफुलाई बढ्दो खतराका रुपमा बुझ्यो।

यो पनि पढ्नुहोस।

विष खुवाएर मारिने डरले उत्तर कोरियाली शासकले के सम्म गर्छन्