हत्केलामा जो कसैको पनि रेखाको साथमा चतुष्कोण बनेको हुन्छ । उक्त रेखा वा पर्वतसँग सम्बन्धित शुभ परिणामलाई यसले बढाउन सहयोग गर्ने मानिन्छ । साथै यसले टुटेको रेखाहरुको दोषलाई पनि कम गर्ने गर्दछ । हत्केलामा चतुष्कोण हुनु हरेक किसिमले राम्रो मानिन्छ ।

हत्केलाको एक स्थान यस्तो पनि छ जहाँ चतुष्कोण भएर पनि यसको प्रभाव विपरित हुन सक्छ । उक्त स्थान शुक्र पर्वत हो । शुक्र पर्वतमा चतुष्कोण राम्रो मानिदैन । चतुष्कोणले शुक्र पर्वतमा कस्तो परिणाम ल्याउछ ? यसको बारेमा जान्नको लागि यहाँ चर्चा गरिएको छ ।

hatma chatuskonko artha

चतुष्कोणको आकृति
हत्केलामा चतुष्कोण चार भुजा भएको एक आकृति हो । चार रेखाबाट बन्ने यो आकृति टेडोमेडो, अलग अलग लम्बाई र चौडाईको हुन सक्छ । हत्केलामा भएको चतुष्कोणले कयौं प्रकारको समस्याबाट बचाउन मद्दत गर्छ ।

हत्केलामा चतुष्कोण हुनुको फल
यदि हत्केलामा कुनै रेखा सही स्थितिमा छ र त्यसमा चतुष्कों छ भने उक्त रेखाबाट प्राप्त हुने परिणाम शुभ हुन्छ । यदि रेखा टुटेको छ भने नराम्रो प्रभावलाई कम गर्ने खालको हुन्छ । साथै उक्त रेखाले हुनेवाला दुष्परिणामको बदल्न पनि सक्छ ।

hatkelako rekha

जीवन रेखामा चतुष्कोणको फल
लामो जीवनरेखामा चतुष्कोणको उपश्थिति भएमा यसले उमेर बढाउने मानिन्छ । यदि जीवनरेखा टुटेको छ भने र यसमा चतुष्कोण छ भने यसले शारीरिक समस्यालाई कम गर्न सक्छ ।

विवाहरेखामा चतुष्कोण भएमा जीवनसाथीको कष्ट कम गर्छ

hatko rekha

हत्केलामा विवाह रेखा सीधा गएको देखिन्छ । यो रेखा कान्छिऔंलाको तल बुध पर्वतमा अबस्थित हुन्छ । यदि विवाह रेखा सीधा नगई अझै झुकेको छ भने वा गोलाकार भएमा जीवनसाथीको स्वास्थ्यको लागि राम्रो मानिदैन । विवाह रेखामा दोष भएर पनि चतुष्कोण बनेको छ भने यसले भविष्यमा आउने समस्याबाट राहत प्रदान गर्दछ ।