भनिन्छ, हातको रेखाले व्यक्तिको वर्तमान, उसको स्वभाव र अब हुने घटना आदिका बारेमा धेरै कुरा बताउँछ । तर के तपाईलाई थाहा छ, शारीरिक सम्बन्धहरुमा तपाई कति रुचि राख्नुहुन्छ ? वा तपाईको जीवनमा यौनले कति महत्व राख्छ भन्ने कुरा पनि हातको रेखाले बताउँछ ।

हातका असंख्यक रेखाहरुबीच ‘असंयम रेखा’(अंग्रेजीमा ‘ल्यास्सीभिया’) पनि हुन्छ, जसले व्यक्तिको कामुक व्यवहारको बारेमा बताउँछ । ज्योतिषशास्त्र अनुसार, यद्यपी यो रेखा जो कोहीको हातमा हुँदैन, निकै कम व्यक्तिको हातमा देखिन्छ । तर, जसको हातमा भएपनि यो रेखालाई शुभ मानिँदैन ।

व्यक्तिको हातमा बुध रेखा र चन्द्र रेखाको समानान्तर एक सानो रेखा(ल्यास्सीभिया) हुन्छ, यो रेखाले बुध रेखालाई विशेष शक्ति प्रदान गर्छ, जुन व्यक्ति अधिक कामुकताको रुपमा देखिन्छ । यस्तो रेखा भएको व्यक्तिको हात एकदम पातलो र मुलायम हु्न्छ । यस्ता व्यक्तिमा मदिरा सेवन गर्ने आदत बढी हुन्छ । त्यसैले, पतनको संकेत गर्छ पनि भनिन्छ ।

यो रेखाले व्यक्तिले आफ्नो मन, आफ्नो भावना, चाहानामाथि नियन्त्रण गर्न सक्दैन भन्ने कुरा दर्शााउँछ । विशेषगरी यो रेखा व्यक्तिको शारीरिक सम्बन्धसँग जोडिएको स्वभाव र इच्छासँग सम्बन्धित छ । यसै रेखाको आधारमा व्यक्तिको यौन जीवनको बिषयमा जान्न सकिन्छ, भन्न सकिन्छ ।

यो पनि पढ्नुस

हातको रेखा काटिएको छ भने छोटो आयु हुन्छ
यो रेखाबाट थाहा हुन्छ प्रेम र विवाहको कुरा
हातमा यी ९ रेखा हुने ब्यक्ति अति धनाड्य हुन्छन् (तस्विर सहित)
यो रेखा हेरेपछि थाहाहुन्छ विवाह बारेको सबै कुरा