ओंठ मानिसको सुन्दरतासँग जोडिएको महत्वपूर्ण अंग हो । मानिसहरु ओंठलाई सुन्दर राख्न लिपबाम देखि लिपग्लास सम्म साथमा राख्छन् । किन भने ओंठ समय समयमा सुख्खा हुन्छ र दुःख दिन्छ । के तपाइँलाई थाहा छ किन हाम्रो ओंठ सुख्खा हुन्छ ?

थाहा पाइराख्नुस् तपाइँको ओंठ सुख्खा हुने कारणः

१ डिहाइड्रेसन
शरीरमा आवश्यक पर्ने पानीको मात्रामा कमी भयो भने डिहाइड्रेसनका कारण ओंठ सुख्खा हुन्छ । ओंठ सुक्न नदिन प्रयाप्त पानी पिउनुस् ।

lip dry 1

२ खराव किरण
लगातार घाममा बस्दा वा खराव किरणको सम्पर्कमा ओंठ आएभने पनि ओंठ सुख्खा हुने हुन्छ । यसका लागि तपाइँले लिप बाम लगाइराख्नु राम्रो हुन्छ ।

३ थुक लगाउने बानी
तपाइँले ओंठ सुके भने थुकले भिजाउने गर्नु भएको छ भने यस्तो बानी छोड्नुस् । यसो गर्दा ओंठ झनै सुख्खा हुने समस्या हुन्छ । यस्तो समयमा दाँतले ओंठ टोक्ने काम पनि गर्नु हुँदैन ।

lip dry 3

४ कस्मेटिक
विभिन्न खाले कस्मेटिक उत्पादन ओंठमा लगाउँदा पनि ओंठ सुख्खा हुने समस्या हुन्छ । जे पायो त्यही ओंठमा लगाउने बानी नगर्नुस् ।

५ टुथ पेष्ट

कतिपय समयमा हामीले दाँत माझ्नका लागि प्रयोग गर्ने दन्त मञ्जन समेत ओंठका लागि घातक हुन सक्छ । कतिपय टुथपेष्टले ओंठलाई सुख्खा बनाइदिन्छ ।

lip dry 2

६ एलर्जी
कहिलेकाँही हाम्रो ओंठ एलर्जीका कारण पनि सुख्खा हुन्छ । स्वास्थ्य समस्या हुँदा पनि ओंठमा सुख्खा पन आउँछ ।

lip dry

७ भिटामिन बी को कमी भएमा वा भिटामिन एको अत्याधिक सेवनले पनि ओंठ सुख्खा हुने र फुट्ने समस्या हुन सक्छ । कतिपय खानाले समेत ओंठ सुख्खा पारिदिन्छन् ।

८ मुखबाट श्वस फेर्ने बानी

मुखबाट श्वास फेर्ने बानीले पनि ओंठ फुट्ने समस्या हुन सक्छ । सकेसम्म नाकबाट श्वास फेर्नुस् ।

lip dry 4

यो पनि हेर्नुस्

ओंठबाटै थाहा हुन्छ मानिसको ब्यक्तित्व

ओंठ गुलावी बनाउने सरल घरेलु काइदा

यस्ता ओंठ हुने सबै भन्दा कामुक