काठमाडौं, ९ जेठ । काँग्रेस आइका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा हार स्वीकार गर्दै पदबाट राजीनामा दिने भएका छन् ।

उनले युपीए चेयरपर्सन सोनिया गान्धीसमक्ष राजीनामा दिने प्रस्ताव गरेका भारतीय संचारमाध्यामले जनाएका छन् । यसअघि पत्रकार सम्मेलन गर्दे राहुलले हार स्वीकार्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ दिएका छन् । विचारधाराको लडाइँ जारी रहने भन्दै उनले पार्टीले प्राप्त गरेको नतिजाको जिम्मा लिने बताए ।

उनले आफ्ना कार्यकर्तालाई विश्वास नगुमाउन पनि अपिल गरेका छन् । दुई ठाउँबाट उम्मेदवारी दिएका राहुले अमेठीमा भाजपा नेतृ स्मृति इरानीसँग पनि हार स्वीकारेका छन् । ३३ हजार मतले पछि परेपछि उनले स्मतिलाई पनि बधाइ दिँदै अमेठीका जनताको मतको कदर गर्न भनेका छन् ।