हिन्दु ग्रन्थ साहित्य एकदमै विशाल छ। हिन्दु साहित्यलाई विश्वकै सबैभन्दा प्राचीन साहित्यको रूपमा चिनिन्छ। विशेष गरी हिन्दु धर्मशास्त्रलाई दुई सिद्धान्तका आधारमा विभाजन गरिएको छ- श्रुती र स्मृति। ‘श्रुती’ भनेको ‘सुनिएको’ हो भने ‘स्मृति’ भनेको ‘स्मरण गरिएको’।
‘श्रुती’ अन्तर्गतका धर्मशास्त्रहरूलाई वैदिक युगबाट सुरुवात भएको मानिन्छ भने ‘स्मृति’ अन्तर्गतका शास्त्रहरूलाई वैदिक युगभन्दा पछिल्ला युगबाट सुरुवात भएको मानिन्छ। श्रुतिशास्त्रलाई ‘अपौरुष्य’ (कुनै व्यक्तिले नलेखेको) पनि भनिन्छ। अनन्त कालदेखि नै ऋषी तथा साधुहरूको गहिरो ध्यानबाट थाहा पाइने ज्ञान नै ‘श्रुति शास्त्र’ हो भने कुनै व्यक्तिले लेखेको शास्त्र ‘स्मृति शास्त्र’ हो।
श्रुती र स्मृति
श्रुती शास्त्रको खजाना अन्तर्गतः चार वेद, उपनिषद, ब्राह्मण, आरण्यक र भागवतगीता पर्दछ। स्मृति शास्त्रमा थुप्रै ग्रन्थहरूको विशाल सङ्ग्रह पर्दछ, जस्तै; मनु स्मृति, १८ वटा पुराण, रामायण र महाभारत जस्ता खण्डकाव्य अनि अरू थुप्रै पवित्र पुस्तकहरू। तथापी, हिन्दु धर्ममा ‘श्रुती’लाई ‘स्मृति’भन्दा बढि प्रामाणिक मानिन्छ।
वेद अन्तर्गत पर्ने धर्मशास्त्रहरूः
संस्कृत शब्द ‘वेद’ को अर्थ ‘ज्ञान’ हो। वेदका अक्षरहरू ‘वैदिक संस्कृत’ भाषामा रचिएको छ। अहिलेको संस्कृतको सुरुवात नै ‘वैदिक संस्कृत’बाट भएको हो। हिन्दु धर्ममा ४ वटा प्रमुख वेदहरू छन्ः
ऋग्वेदः ‘ऋग्वेद’को अर्थ ‘प्रशंसाको ज्ञान’ हो र यो श्रुतिग्रन्थमा १,०२८ भजन र १०,६०० चुट्काहरू मिलाएर १० वटा पुस्तक रचिएको छ, जसलाई ‘मण्डला’ भनिन्छ।
यजुर्वेदः ‘यजुर्वेद’को अर्थ ‘मन्त्रको ज्ञान’ हो। यो पनि एउटा महत्वपूर्ण श्रुती धर्मग्रन्थ हो। यसमा यज्ञ प्रक्रियाको निम्ति गद्य र पद्य मन्त्रहरू समावेश गरिएका छन्। यजुर्वेदका पद्यात्मक मन्त्रहरू ऋग्वेद र अथर्ववेदबाट लिइएका छन्। युजर्वेदका २ शाखाहरू छन्ः दक्षिण भारतमा प्रचलित कृष्ण यजुर्वेद र उत्तर भारतमा प्रचलित शुक्ल युजर्वेद शाखा।
सामवेदः ‘सामवेद’को अर्थ ‘गीत-सङ्गीतको ज्ञान’ हो। यो श्रुती धर्मग्रन्थ चार वेदहरूमध्येमा सबैभन्दा सानो ग्रन्थ हो र यसका अधिकांश ऋचाहरू ऋग्वेददेखि नै लिइएका छन्। यसका १८७५ मन्त्रहरू ऋग्वेदमा आधारित छन् भने १७ मन्त्रहरू अथर्ववेद र यजुर्वेदमा आधारित छन्। फेरि पनि यसको प्रतिष्ठा सर्वाधिक छ।
अथर्ववेदः ‘अथर्ववेद’को अर्थ ‘दैनिक प्रक्रियाको ज्ञान’ हो। यसमा भएका मन्त्रहरू, देवताहरूको स्तुतिका साथै जादू, चमत्कार, चिकित्सा, विज्ञान र दर्शन अन्तर्गत पर्दछन्। यो वेदमा लेखिएको मध्ये, जुन राजाका राज्यमा अथर्ववेद जान्ने विद्वान शान्तिस्थापनार्थ रहन्छ, त्यो राष्ट्र उपद्रव रहित भएर निरन्तर उन्नतितर्फ लम्किन्छ।
१०८ उपनिषद
उपनिषदमा हिन्दु धर्मका केहि दार्शनिक सिद्धान्तहरू उल्लेख गरिएका छन्, जसमध्ये केहि सिद्धान्तहरू बुद्ध र जैन धर्मले पनि साभार गरेका छन्। हिन्दु धर्ममा १०८ वटा उपनिषदहरू छन्, जसमध्ये २५ वटा उपनिषदहरूको सूची तल हेर्नुहोस्ः
१. ईशा उपनिषद
२. केन
३. कथा
४. प्रश्न
५. मुण्डक
६. माण्डुक्य
७. तैत्तीर्य
८. ऐतर्य
९. चण्डोग्य
१०. वृहदरण्यक
११. ब्रह्मोपनिषद
१२. कैवल्योपनिषद
१३. जबलोपनिषद
१४. स्वेतश्वतरा उपनिषद
१५. हम्सोपनिषद
१६. अरुण्योपनिषद
१७. गर्भोपनिषद
१८. नाराण्योपनिषद
१९. परमहम्सोपनिषद
२०. अमृताविन्दु उपनिषद
२१. नद-विन्दुपनिषद
२२. शीरोपनिषद
२३. अथर्व-शिखोपनिषद
२४. मैत्राण्या उपनिषद
२५. कौशितकी उपनिषद
यो पनि पढ्नुस्।
महाभारतमा प्रयोग गरिएका ५ शक्तिशाली अस्त्र
महाभारतको सबैभन्दा रोचक ४ लघुकथा
कथै बदलिदिने रामायण र महाभारतका १४ श्राप
रामायणको गोप्य कथाः रामले गर्दा लक्ष्मणको मृत्यु