हिन्दु धर्मका ग्रन्थमा ‘मनु’को बारेमा एक रोचक उपाख्यान गरिएको छ। ‘मनु’, जसले ‘मनुस्मृति’ लेखे, उनलाई हिन्दु धर्मको पहिलो मानिस भनेर पनि चिनिन्छ।

भाग १:

भगवान विष्णुको पहिलो अवतार भनेको ‘मत्स्य’ (माछा) थियो। एक दिन, मत्स्य मनुसामुन्ने पुगेर गुहार्न थाले। आफूभन्दा विशाल माछाहरूले खानबाट बचाउनको लागि मनुसँग आग्रह गरे। एकदमै धार्मिक व्यक्ति भएकै कारणले उनले मत्स्यलाई एउटा सानो भाँडामा राखिदिए। त्यसको केहि दिन पश्चात, मत्स्य बढेर भाँडो भन्दा ठूलो हुन पुग्यो। मनुले त्यसपछि मत्स्यलाई एउटा पोखरीमा लगेर राखिदिए। फेरि केहि दिन पछि उक्त पोखरी पनि मत्स्यको लागि सानो हुँदै गयो। मनुले फेरि मत्स्यलाई ‘गङ्गा’ नदीमा लगेर राखिदिए। तर फेरिपनि मत्स्यको आकार गङ्गा नढीको भन्दा विशाल हुँदै गयो।Matsya

भाग २:

मत्स्य यति विशाल भैसकेको थियो कि एउटा पुरै समुन्द्र पनि उसको लागि सानो हुन्थ्यो। त्यसपछि मत्स्यले मनुलाई विषम परिस्थितीको बेलामा समुन्द्र पार गरेर जानको लागि एउटा विशाल जहाजको निर्माण गर्न आग्रह गरे। मनुले त्यो जहाज पनि बनाए। हिन्दु ग्रन्थका अनुसार, एकचोटी समुन्द्रमा पानीको मात्रा यति धेरै भएको थियो कि सारा संसार नै ढाकेको थियो। त्यतिबेला मत्स्य र मनुसँगै ‘सप्तऋषी’ (आतृ, गौतम, जमदागिनी, वषिष्ठ, विश्वामित्र, कश्यप, भारद्वज) पनि उक्त जहाजमा चढेर विशाल बाढीबाट बच्न सफल भए। बाँकी सबै मानिसहरू त्यसै बाढीमा परेर नष्ट भए। त्यसरी, ‘मनु’ अहिलेका सारा मानवजातिका पिता बन्न पुगे।Manu's ark

ठ्याक्कै यस्तै कथा बाइबलमा पनि उल्लेख गरिएको छ, जसको नाम ‘नोआको जहाज’ (Noah’s ark) रहेको छ।

भाग ३:

Manu-alayaयो भाग चाहिँ अति नै विवादास्पद रहेको छ। अन्त्यमा, मनुको उक्त जहाज रोकिएको ठाउँलाई ‘मनुआलय’ भनेर चिनियो। त्यसको हजारौँवर्ष पश्चात, यस ठाउँलाई ‘मनाली’ भनेर चिनिन थालियो। यो त्यही ठाउँ हो, जहाँ अहिले सबैजना बिदाको बेला घुम्न जाने गर्छन्। यो ठाउँ हिमालयको ‘हिमाञ्चल प्रदेश’मा पर्दछ। त्यहाँ अहिले पनि ‘मनु मन्दिर’ अवस्थित रहेको छ, जहाँ पहिलो मानिस ‘मनु’को छेवैमा मत्स्य (विष्णु) र शेषनागको मुर्ती रहेको छ।

यो पनि हेर्नुहोस्-
महाभारतका यी नयाँ तस्विर हेर्नुभयो भने दङ्गै पर्नुहुन्छ
गीताको सार के हो?
भगवान रामले हनुमानलाई मृत्यु दण्ड दिएपछि
सन् २०१६ को वार्षिक राशिफल
भगवान शिवका पिता को हुन?