सरोज गौतम ।
नेपालमा ८० प्रतिशत हाराहारी जनसंख्या हिन्दु धर्म मान्ने रहेको आधिकारिक तथ्याङ्कहरुले देखाउँछ । बहुसंख्यक हिन्दु धर्म मान्ने जससंख्या रहेपनि नेपालमा धार्मिक उत्पिडनको कुनै पनि उल्लेख्य इतिहास छैन । यसको अर्थ हो ब्यवहारतः नेपाली हिन्दुहरु धर्म निरपेक्ष नै छन् भलै यो शब्दको अर्थबारे धरैलाई ज्ञान नहुन पनि सक्छ । १० वर्ष लामो जनयुद्ध र १९ दिन लामो जनआन्दोलन–०६२/६३ पछि पुर्नस्थापित प्रतिनिधिसभाले गरेको घोषणा र अन्तरिम संविधानमा हिन्दु बाहुल्यरहेको नेपाललाई औपचारिकरुपमा नै ‘धर्म निरपेक्ष’ देशको रुपमा घोषणा गर्यो । ‘हिन्दु राष्ट्र’बाट एकाएक धर्मनिरपेक्षता सहितको राष्ट्र बनिसक्दा पनि धेरै हिन्दुले यस्तो भएको चालै पाएनन् वा वास्ता गरेनन् ।
[quote_box_center]शीर्ष नेताहरुको पछिल्लो अभिब्यक्तिले धर्म निरपेक्षताका विषयमा यस्को नेतृत्व गर्ने नेताहरु नै प्रष्ट थिएनन् र यसको दुरगामी प्रभावबारे आंकलन गर्न असफल थिए भन्ने पुष्टि हुन्छ । हुन पनि नेताहरुले सैद्धान्तिक दस्तावेजमा लेख्ने बाहेक नेपालमा भएका कुनै पनि आन्दोलनको प्रमुख माग मध्ये धर्म निरपेक्षता थिएन । भलै माओवादी जनयुद्धका क्रममा हिन्दु धर्मका कतिपय संस्कार र ब्यवहारमाथि धावा बोल्ने कोशिस भयो तर पनि त्यसमा सहभागी भएका नेता कार्यकर्ता समेत घरमा भने हिन्दु संस्कार र परंपराबाट चल्ने गर्थे र गरिरहेका छन् ।[/quote_box_center]
अत्याधिक बहुमत हिन्दु भएको देशमा हिन्दु राष्ट्रको ट्याग हठात हट्दा पनि कुनै खाले अपेक्षित विद्रोह भएन । भलै स-साना विरोध निरन्तरनै चलिरहेका थिए । अव संविधानको मस्यौदा जनतामा सुझावका लागि प्रस्तुत भएर अन्तिमरुप प्राप्त हुनका लागि संविधानसभामा फिर्ता भएको समयमा पनि हिन्दु राष्ट्र नै कायम हुनु पर्ने माग जवर्जस्त ढंगले उठाउन खोजिएको छ । तर यो मागमा जति शक्ति र उर्जा हुनु पर्थ्यो त्यस्तै गुञ्जायस समेत भेटिँदैन ।
किन भएन धर्मनिरपेक्षताको विरोध ?
नेपालीहरुको एउटा विशिष्ठ चरित्र छ । हत्पत्ति नेपालीहरुले कुनै पनि कुराको विरोध गर्दैनन् । खासमा भन्दा नेपालीमा विद्रोहको चेत निक्कै कमजोर छ । सहन माहिर नेपालीहरुको विशिष्ठ चरित्रकै कारण यति सुन्दर देश नेपाल अहिले भिजन नभएका र क्षमता नभएका नेता भनाउँदाहरुको पालै पालो प्रधानमन्त्री बन्ने गोल चक्करमा फसिरहेको छ ।
[quote_box_right] खासमा त्यतिबेला केही संख्यामा मात्रै मानिसहरु सडकमा निस्किएर यो घोषणाको विरोधमा उत्रिएको आफू समेत स्पष्ट नभइकन धर्म निरपेक्ष घोषणा गरेका नेताहरु यो घोषणा फिर्ता गर्न बाध्य हुन्थे । तर यिनै मानिसलाई अहिले घर घर र डेरा डेरामा बाइबल बोकेर आउनेहरुले दिक्क लगाएपछि अनुभुती भएको छ कि हिन्दु राष्ट्रबाट देश धार्मिक निरपेक्षतामा जानुको अर्थ के हो । नेपालमा धर्म निरपेक्षताका लागि घुमाउरो दवाव दिने पश्चिमी राष्ट्रहरुले भूकम्प पीडितलाई राहत दिँदा समेत एक थान बाइबल दिन छुटाएनन् । उनीहरुले चाहेको पनि यही हो ।[/quote_box_right]
सम्भावनाले भरिएको सुन्दर देशमा लाज लाग्ने गरी जताततै अब्यवस्था छ । चरम भ्रष्टाचार छ र जीवनमा आधारभूत कुरामा प्रभाव पार्ने गरी हरेक कुरामा सिण्डिकेट छ । तर पनि जनता चुपचाप छन् । सहेकै छन् भोगेकै छन् । हिन्दु राष्ट्रबाट देश धर्मनिरपेक्षतामा जाँदा पनि यही बिशिष्ठ चरित्रले काम गर्यो । हिन्दु बाहुल्य देशमा धर्मनिरपेक्षता घोषणा गर्दा पनि त्यस्तै भयो । मानिसहरुले यसलाई ठूलो विषय बनाएनन् । भारतमा भन्दा तुलनात्मकरुपमा कम कट्टर मानिने नेपाली हिन्दु चरित्रले पनि यहाँ भूमिका खेल्यो । मानिसहरुलाई हिन्दु राष्ट्र होस भन्ने भित्री चाहाना
भएपनि यसका लागि सडकमा निस्कनु पर्छ भन्ने लागेन ।
खासमा त्यतिबेला केही संख्यामा मात्रै मानिसहरु सडकमा निस्किएर यो घोषणाको विरोधमा उत्रिएको भए आफू समेत स्पष्ट नभइकन धर्म निरपेक्ष घोषणा गरेका नेताहरु यो घोषणा फिर्ता गर्न बाध्य हुन्थे । तर यिनै मानिसलाई अहिले घर घर र डेरा डेरामा बाइबल बोकेर आउनेहरुले दिक्क लगाएपछि अनुभुती भएको छ कि हिन्दु राष्ट्रबाट देश धार्मिक निरपेक्षतामा जानुको अर्थ के हो । नेपालमा धर्म निरपेक्षताका लागि घुमाउरो दवाव दिने पश्चिमी राष्ट्रहरुले भूकम्प पीडितलाई राहत दिँदा समेत एक थान बाइबल दिन छुटाएनन् । उनीहरुले चाहेको पनि यही हो । नेपालमा बहुसंख्यक हिन्दुहरुलाई मौन राखेर बाइबल बाँढेर इसाइकरणको महत्व बुझाउनका लागि उनीहरुले यसबाहेक नदेखिने धेरै खाले गतिविधी गरेका छन् जसबारे सरकारले चाहेर वा नचाहेर नजर अन्दाज गरिरहेको छ । संविधानको अन्तिम मस्यौदा तयार हुँदा सम्म धर्म निरपेक्षता शब्दलाई टिकाउनका लागि पनि राम्रै खेल भैरहेको छ भन्ने कुरा बुझ्न पनि कठिन छैन ।
अष्पष्ट नेताः घोषणा नै फितलो
संविधानमा देशलाई धर्म निरपेक्षता घोषणा भएको करिव ८ वर्ष भैसक्यो । यसको पक्ष र विपक्षमा बहस र तर्कहरु चलिनै रहेका छन् । तर जो नेताहरुले देशलाई धर्म निरपेक्ष घोषणा गरेका थिए तिनै नेताहरुलाई यो शब्दको वास्तविक असरबारे ज्ञान थिएन र उनीहरुले दुरदृष्टिले यो घोषणा गरेका थिएनन् भन्ने कुरा संविधानसभाबाट संविधान जारी हुने पूर्व सन्ध्यामा उनीहरुले बोलेको कुराबाट थाहा हुन्छ । यसै पनि दक्षिणपन्थी भनेर आरोप खेप्ने एमाले एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमै गलत अनुवादका कारण अन्तरिम संविधानमा ‘धर्म निरपेक्ष’ शब्द प्रयोग भएको भन्दै त्यसको ठाउँमा अन्य शब्द राख्नुपर्ने बताएका छन् ।
भारतबाट फर्केपछि प्रचण्ड
गत साता एमाले निकट कानुन व्यावसायीहरुको संगठनको कार्यक्रममा बोल्दै उनले धर्मनिरपेक्ष शब्दको गलत अनुवाद भएको भन्दै प्रसंग उठान गरेका थिए । उनी मात्र होइन । अन्तरिम संविधानमा ‘धर्म निरपेक्षता’ राख्नका लागि सबैभन्दा प्रमुख भूमिका खेलेका तत्कालीन विद्रोही नेता एमाओवादी अध्यक्ष प्रचण्डले समेत धर्म निरपेक्षता शब्दले गलत अर्थ दिएकाले यसलाई परिवर्तन गरे राम्रै हुने आसय ब्यक्त गरे । हिन्दु धर्मका लागि मरि मेट्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर आएपछि फेरिएको प्रचण्डको बोलीलाई धेरैले रोचक मानेका छन् । उनले भारतमा नेपालमा बढिरहेको इसाइकरणले समस्या पर्न थालेको समेत बताएका थिए । संविधानसभामा रहेका दोश्रो र तेश्रो ठूलो दलका नेताको बोली त यस्तो छ नै सबैभन्दा ठूलो दल कांग्रेसका अधिकाँश नेता हिन्दु राष्ट्रकै पक्षमा छन् । यद्यपी यस विषयमा खुलेर बोल्ने र पैरवी नै गर्नेमा भने शीर्ष तहका नेता देखिँदैनन् ।
२ प्रमुख पार्टीका शीर्ष नेताहरुको पछिल्लो अभिब्यक्तिले धर्म निरपेक्षताका विषयमा यस्को नेतृत्व गर्ने नेताहरु नै प्रष्ट थिएनन् र यसको दुरगामी प्रभावबारे आंकलन गर्न असफल थिए भन्ने पुष्टि हुन्छ । हुन पनि नेताहरुले सैद्धान्तिक दस्तावेजमा लेख्ने बाहेक नेपालमा भएका कुनै पनि आन्दोलनको प्रमुख माग मध्ये धर्म निरपेक्षता थिएन । भलै माओवादी जनयुद्धका क्रममा हिन्दु धर्मका कतिपय संस्कार र ब्यवहारमाथि धावा बोल्ने कोशिस भयो तर पनि त्यसमा सहभागी भएका नेता कार्यकर्ता समेत घरमा भने हिन्दु संस्कार र परंपराबाट चल्ने गर्थे र गरिरहेका छन् ।
खासगरी मुलधारको राजनीतिमा आइसकेपछि माओवादीमा धर्म संस्कार र संस्कृतिको विषयमा गहिरो अन्यौल ब्याप्त छ भन्ने कुरा पार्टी अध्यक्ष प्रचण्डको घरमा उनकी पुत्रीको निधन भएको १ वर्ष पनि नवित्दै संस्कृतिकै नाममा खेलिएको देउसी भैलोले उजागर गर्छ । बाबुराम भट्टराईले दशै र तिहारका टिका लगाएका तस्विर सार्वजनिक गर्दा पनि यसले पार्टीमा तरंग पैदा गरेको थियो । कांग्रेस र एमालेमा त धर्म निरपेक्षताको विरोधमा बलियो स्वर ब्याप्त छ । राजनीतिक इगोका कारण नेताहरुलाई यसलाई सार्वजनिकरुपमा बोल्न सक्दैनन् ।
कान्तिबिहिन हिन्दु राष्ट्र आन्दोलनः गन्हाएकाहरुको नेतृत्व
बिडम्बना मान्नु पर्छ बहुसंख्यक हिन्दु भएको देशलाई एकाएक हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष घोषणा गरिएपछि स्वतस्फुर्तरुपमा उठ्न नसकेको विद्रोह कुनै न कुनै रुपमा जनताबाट तिरस्कृत गन्हाएका ब्यक्तिहरुले गर्न खोजे । सायद यही कारणले पनि हुन सक्छ आफै उठ्नु पर्ने विद्रोह समेत उठाउन खोज्दा पनि उठ्न सकेन र सक्ने सम्भावना पनि देखिँदैन ।
[quote_box_center]हरेक कुरामा भारतले गर्ने हस्तक्षेपप्रति असाध्यै घृणा गर्ने नेपालीहरु यो मुद्धामा अग्रेंजीमा भनिने love-hate अर्थात प्रेम घृणासँग सँगै अनुभव हुने अवस्थामा छन् । हिन्दु राष्ट्र भएपनि ठिकै हुन्थ्यो भन्ने लागेका धेरै मान्छेलाई भारतीय हस्तक्षेपप्रति साहनुभुति छैन । तर उनीहरुलाई के पनि लागिरहेको छ भने भारतकै बलले भएपनि हिन्दु राष्ट्र भए पनि ठिकै हुन्छ ।[/quote_box_center]
कमल थापा
नेपाललाई हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष बनाएको सबैभन्दा विरोध गर्ने मध्ये संविधानसभाको दोश्रो निर्वाचनमा हिन्दुले माता मान्ने गाइ चिन्हलाई प्राप्त साहनुभुति भोटबाट चौथो ठूलो दल बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापा हुन् । कमल थापा त्यही आन्दोलनको समयमा देशको गृहमन्त्री थिए जुन आन्दोलनपछि बनेको अन्तरिम संविधानले धर्म निरपेक्षता घोषणा गर्यो । जसको विरुद्ध आन्दोलन गरिएको थियो त्यही आन्दोलनपछि एकाएक स्थापित मुद्धा विरुद्ध लाग्ने कमल थापाप्रति मुद्धामा सहमत भएपनि धेरै मान्छेको साहनुभूति भएन ।
धेरैले बुझेको कुरा के हो भने कमल थापाले एउटा बैकल्पिक मुद्धाकोरुपमा मात्र हिन्दु धर्मको ब्ल्याकमेलिङ गर्न खोजेका हुन् न कि साँच्चिकै सनातन हिन्दु धर्मको अवसान होला भन्ने पिरले । तर पनि कमल थापाले हिन्दु धर्मको मुद्धाले राम्रै साहनुभूति पाए र गाइ चिन्ह प्रयोग गरेर समानुपातिक मत पाएर चौथो ठूलो दल बन्न सफल भए । यही नै उनको उपलब्धि हो जुन साँच्चिकै हिन्दु राष्ट्र चाहनेका लागि खासै अर्थ राख्दैन ।
खुम बहादुर खड्का
सत्तारुढ दल कांग्रेस र अदालतबाट भ्रष्टाचारी ठहर भएर जेल सजाय समेत काटिसकेका खुम बहादुर खड्काले पनि आफ्नो भ्रष्टाचारीकोरुपमा समाप्त भएको राजनीतिक क्षितिज उघार्नका लागि हिन्दु धर्मको मन्त्र समाउन खोजे । तिरस्कृत कमल थापाले सम्हालेको मोर्चामा पुगेका खुमबहादुरको भ्रष्ट्राचारको दुर्गन्धका कारण होला उनको नेतृत्वले पनि हिन्दुहरुमा धेरै आकर्षण गरेको देखिदैन । खुमबहादुर खड्काले आफुलाई लागेको भ्रष्टाचारको दाग मेटाउन र पार्टीमा कतिपय अभिष्ठ पूरा गर्नका लागि यस्तो मुद्धा उठाएका हुन् भन्ने धेरैले बुझेका छन् ।
यी २ ब्यक्तिको हिन्दु राष्ट्रबादी आन्दोलनले यो आन्दोलनलाई उठान गर्नुको साटो अवसानको संकटमा पारेको देखिन्छ । यस्ता डामिएका र गन्हाएका ब्यक्ति नभएर कुनै अलि चामत्कारीक ब्यक्तित्व भएको कुनै पनि नेताबाट यो आन्दोलनको नेतृत्व लिएको भए हिन्दु राष्ट्र नै स्थापित नभएपनि यतिबेला सम्म हिन्दु राष्ट्र राख्ने कि धर्म निरपेक्षता गर्ने भन्ने विषयमा जनमत गर्नु पर्छ भन्ने सम्मको अवस्था आउने निश्चित थियो । कांग्रेसमै खुम बहादुर बाहेक लक्ष्मण घिमिरे जस्ता नेताहरुले पनि यो आन्दोलनमा नेतृत्व गर्न खोजे तर उनीहरु पनि प्रभावकारीरुपमा आउन सकेको देखिँदैन । ब्यापक जनमत भएको मुद्धामा समेत गलत नेतृत्वका कारण उठान नै नभइ अवसान भएको आन्दोलन बनेको छ हिन्दु राष्ट्र बचाउ आन्दोलन ।
भारतको हस्तक्षेपः अप्रिय कि प्रिय ? अलमल
नेपालका हरेक मुद्धामा भारतको हस्तक्षेप कसैसँग छिपेको विषय होइन । नेपालका हरेक विषयमा माइक्रो म्यानेजमेन्ट गर्ने गरेको भनेर आलोचित भारतले हस्तक्षेप गर्न चाहेको र गरिरहेको एउटा मुद्धा हिन्दु राष्ट्रको मुद्धा पनि हो । हिन्दु धर्ममा धेरै नै लगाव भएका र नेपालमा आएर नेतालाई भेट्नु भन्दा पशुपति दर्शनलाई बढी महत्व दिने नरेन्द्र मोदी खुल्लम खुल्ला हिन्दु नारा बोकेर आएका ब्यक्ति मात्र होइनन् नेपालसँगको सम्बन्ध विशेष हो भनेर स्थापित गर्ने भारतीय प्रधानमन्त्री पनि हुन् ।
पछिल्लो पटक भारत पुगेका पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड र शेरबहादुर देउवासँग मोदी लगायतको भारतीय नेतृत्वले प्रष्ट शब्दमा धर्म निरपेक्षतामाथि पुनर्विाचार गर्न भनेको संकेत देखिइसकेका छन् । हरेक कुरामा भारतले गर्ने हस्तक्षेपप्रति असाध्यै घृणा गर्ने नेपालीहरु यो मुद्धामा अग्रेंजीमा भनिने love-hate अर्थात प्रेम घृणासँग सँगै अनुभव हुने अवस्थामा छन् । हिन्दु राष्ट्र भएपनि ठिकै हुन्थ्यो भन्ने लागेका धेरै मान्छेलाई भारतीय हस्तक्षेपप्रति साहनुभुति छैन । तर उनीहरुलाई के पनि लागिरहेको छ भने भारतकै बलले भएपनि हिन्दु राष्ट्र भए पनि ठिकै हुन्छ ।
केही समय अघि भारतीय जनता पार्टीका नेताहरुले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापित गर्नका लागि भारतले सहयोग गर्ने कुरा खुल्म खुल्ला भनेका थिए । महाशिवरात्रीमा पशुपति दर्शनका लागि आएको भारतको सत्तारूढ दलका राष्ट्रिय उपाध्यक्ष रेणुदेवी र अन्य प्रभावशाली नेताहरूको टोलीले नेपालमा इसाइकरण बढेको भन्दै विरोधसमेत गरे । नेपाली सिमाना बिहारमा जन्मेहुर्केकी उनले भनिन्, ‘नेपालमा पुन: हिन्दु राष्ट्र स्थापनाका लागि अगाडि बढ्नुपर्छ । पश्चिमा संस्कृतिको नक्कल नगर्न आग्रह गर्दै उनले हिन्दु राष्ट्रले सम्मान र गौरव दिने बताइन्। ‘मम र ड्याड होइन, माता, पिता, दाजुभाइ, दिदीबहिनी हो’, उनले भनिन्, ‘नेपाल पहिले पनि हिन्दु थियो, अब पनि हिन्दु राष्ट्र नै हुनेछ।’ त्यसैगरी भाजपाका वरिष्ठ नेता विजय जोलीले भने आफूलाई कूटनीतिक रूपमा प्रस्तुत गर्दै आफ्नो भाषण अवधिमा दुईपटक भने, ‘म हिन्दु हुँ । त्यही कार्यक्रममा भारतीय नेताहरूद्वारा हिन्दु राष्ट्र नेपालका पूर्वप्रधानमन्त्रीका रूपमा सम्बोधन पाएका लोकेन्द्रबहादुर चन्दले धर्मनिरपेक्षता हटाएर धर्मसापेक्ष बनाउन आफूले नेपालमा वकालत गर्दै आएको जानकारी गराएका थिए ।
निष्कर्षः
धर्म-निरपेक्षताको वर्तमान अवधारणा तत्कालीन युरोप र रुसमा चर्चले गरेका दमन बिरुद्ध उब्जिएको मानिन्छ । यो मान्यता नेपालमा लागु गर्नु पर्ने कुनै पनि आधार हिन्दु राष्ट्रको समयले दिएको उदाहरण छैन । बिश्वमा ७२ धर्म-निरपेक्ष राज्य छन् भने बाँकि धर्म-सापेक्ष । जसमा ४७ मुस्लिम देश, २० इसाई देश, १६ बुद्ध धर्मालम्बी देश पर्छन् । जसको प्रभाव नेपालमा पनि पर्यो र हठात यसको घोषणा गरियो । बहुसंख्यक हिन्दु भएको नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नका लागि रहेका कठिनाइहरु माथिका प्रसंगले प्रष्ट पार्छन् ।
संविधानको मस्यौदामा अधिकाँश जनताले धर्म निरपेक्षता नराख्न आग्रह गरेपनि नेताहरुलाई आफ्नो पुरानो एजेण्डलाई पुरै फिर्ता लिने हिम्मत गर्ने सम्भावना छैन । जसका कारण बहुसंख्यक जनताको चाहाना इतिहासको चक्रब्यहूमा छायाँमा पर्ने निश्चित जस्तै देखिन्छ । कतिपयले धर्म निरपेक्षताको पक्षमा वकालत गर्दा ब्यक्तिको धर्म हुने र राज्यको नहुने भन्ने गर्छन् । तर राज्यका अंग मध्ये जनसंख्या र त्यो जनसंख्याले अंगाल्ने धर्म संस्कृति निक्कै अभिन्न अवयव हो भन्ने कुरा धर्म निरपेक्षताका कारण अन्य पक्षले उठाइरहेको गलत फाइदालाई नजर अन्दाज गरेर गरिएको तर्क हो भन्ने राय अर्काथरीको छ ।