विकाश श्रेष्ठ ।
१३ भदौ, सोल ।

चार दिने कोरिया भ्रमणमा रहेका नेपालका श्रम राज्य मन्त्री टेक बहादुर गुरुङले अवैधानिक हुण्डी मार्फत कमाएको पैसा स्वदेश पठाए कोरिया पुनः प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

राजधानी सोलस्थित नेपाली राजदुतावासमा शनिवार आयोजित नेपाली समूदायसँगको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै राज्य मन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् ।

Tek Bdr Gurung Korea  (2)

कोरियाबाट फर्केकाको सरकारसँग अभिलेख रहने र उसले कमाएको पैसा वैधानिक तवरले नेपाल भित्रिए नभित्रिएको जानकारी सम्पत्ति शुद्धिकरण मार्फत लिने भन्दै राज्य मन्त्री गुरुङले अवैधानिक कारोबार गरे कोरिया पुनः प्रवेशमा रोक लगाउन सकिने उनले बताए । अवैधानिक हुण्डी मार्फत पैसा पठाउदाँ कामदार स्वंयमले जोखिम मोल्नुपर्ने र नेपाल सरकारलाई पनि रेमिट्यान्समा घाटा पर्ने हुदाँ त्यसको कारोबार नगर्न वैदेशिक रोजगारका महानिर्देशक भरत सुवेदीले पनि नेपाली कामदारलाई आग्रह गरेका छन् । उनले हुण्डी कारोबार निरुत्साहित पार्न नेपाल सरकारले श्रम बैंक स्थापना गर्न लागेको र कामदार कोरिया आउनुपुर्व नै उसले सो बैंकमा अनिवार्य खाता खोली सोही खातामा रकम पठाउनुपर्ने बताए ।

Tek Bdr Gurung Korea  (3)

श्रम बैंकले पनि वाणिज्य बैंकले दिने सेवा सुविधा लगायत पछि नेपाल गएपछि व्यावसाय सञ्चालनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने जानकारी सुवेदीले दिएका छन् । अन्र्तक्रिया कार्यक्रम सहभागीले बैकिङ कारोबार सरल र सहुलियत शुल्क नभएकोले हुण्डी कारोबार फस्टाएको भन्दै बैकिङ प्रणाली सुधार गरी सहज र सरल गराउन आग्रह गरेका थिए ।

यसैबीच राजदुतावासको कार्य शैली प्रति असन्तुष्टि जनाएका राज्यमन्त्री गुरुङले दुःख पाएका तथा काम छोडेर अलपत्र परेका नेपाली महिलाको लागि आश्रयस्थल व्यावश्थापन गरेकोमा महिला सेल्टरको टिमलाई धन्यावाद दिएका छन् । दोङदेमुनस्थित महिला सेल्टरको निरिक्षण तथा भ्रमण समेत गरेका राज्य मन्त्री गुरुङले यथासक्य चाँडो नेपाल सरकार मार्फत सेल्टरका लागि आवश्यक अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । दुःख पाएका नेपालीलाई सहयोग तथा आश्रय दिने दायित्व नेपाली दुतावासको भएको र पुरुष तथा महिलालाई आश्रय दिनका लागि राजदुतावास मार्फत सेल्टर सञ्चालन गर्ने उनले बताए ।

त्यस्तै राज्यमन्त्री नेतृत्वको अध्ययन भ्रमण टोलीमा आएका श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सुर्य प्रसाद श्रेष्ठले कोरिया अन्य मुलुकको तुलनामा रोजगार र कमाईका लागि आर्कषक गन्तब्य भएको बताउदै यहाँ सिकेको सिप, संस्कार र रकम स्वदेशमा लगानी गर्न नेपाली युवाहरुलाई उनले आह्वान गरे । गत वैशाष बाह्को प्रलयकारी महाभुकम्प पछि पुर्न निर्माण तथा भत्किएको संरचना हटाउन दैनिक एक हजार रुपैया ज्याला दिदाँ पनि कामदार नपाएको अवश्थामा नेपालीलाई युवालाई विदेश पठाउनु दुःख लाग्दो भएको सचिव श्रेष्ठले बताए ।

यसैवीच अन्र्तक्रिया कार्यक्रममा उपस्थित सहभागीले नेपाली कामदारले भोग्नुपरेको समस्या, स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाहरुलाई विदेशिनबाट रोक्नुपर्ने लगायतका गुनासो र ज्ञापनपत्र राज्यमन्त्री समक्ष बुझाएका छन् । कृषि क्षेत्रमा आउने महिला कामदार बढि समस्यामा पर्ने गरेको, भाषामा दक्ष नहुदाँ थप समस्यामा पर्ने भएको हुदाँ भाषा सिकाईमा कडाई गर्न सहभागीले राज्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् । त्यस्तै म्यारिज ब्यूरो मार्फत आउने नेपाली चेलीले पनि धेरै दुःख पाउने गरेको तर्फ ध्यान आकृष्ट गर्दै सहभागी महिलाहरुले पनि नेपालका खोलिएका म्यारिज ब्यूरोमा सरकारको निगरानी बढाउन राज्यमन्त्रीसँग आग्रह गरेका छन् । भाषाको अज्ञान, कोरियाको सस्कृति, भेषाभुषा रहनसहन थाहा नहुदाँ कोरियनसँग विहे गरेका नेपाली चेलीहरु घरेलु हिंसा र घर निकाला गरिएर अलपत्र समेत हुने गरेका छन् ।

यसैबीच कार्यक्रममा उठेको प्रश्नहरुको जवाफ दिदै महामहिम राजदूत कमानसिंह लामाले अवैधानिक तवरले बसेका केही समूहका कारण अवैधानिक हुने क्रम बढेको आरोप लगाए । उनले काम गरिरहेका नेपालीलाई बढी तलबको प्रलोभन देखाएर काम छाड्न लगाउने र तीन महिना सम्म काम गर्नबाट बन्चित गराएर अवैधानिक बनाउन केही समूह लागिपरेको बताए । कमिशनको चक्करमा ती समूहले बढी तलबको प्रलोभनमा काम छोड्न लगाउने गरेको भन्दै ती व्याक्ति वा समूहबाट सजग भएर सकेसम्म एउटै कम्पनीमा काम गर्न राजदूत लामाले सुझाएका छन् ।

भेटघाट तथा अन्र्तक्रियामा राज्यमन्त्री गुरुङ नेतृत्वका आएका श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव श्रेष्ठ,वैदेशिक रोजगार विभागका महानिर्देशक सुवेदी , ईपिएस कार्यालयका निर्देशक डिल्लीराज बस्तोला लगायतका अधिकारी हरु सहित कोरियामा क्रियाशिल विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, कामदारहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन दुतावासका श्रम सहचारी अनिल गुरुङले सञ्चालन गरेका थिए । श्रम सम्झौता नविकरण सहित अध्ययन भ्रमणमा आएको राज्यमन्त्री गुरुङ नेतृत्वको टोली आजै नेपाल फर्किसकेको छ ।