कुशल श्रेष्ठ

हृदयघात र पक्षघात जस्ता मुटुको रोगलाई विश्वकै सबैभन्दा खतरनाक रोग मानिन्छ, जसले विश्वव्यापी वर्षेनी १ करोड ७५ लाख मानिसहरूको ज्यान लिने गर्दछ। तरपनि मानिसहरू हेलचेक्र्याईँ गरिरहेका हुन्छन्। उनीहरूको खाने बानी र तरिकाले गर्दा जानी-नजानी मुटुरोगको शिकार बन्न पुगिरहेका हुन्छन्।

मुटुरोग विशेषज्ञका अनुसार हामीले तेलको प्रयोग गर्दा धेरै गल्तीहरू गरिरहेका हुन्छौँ।विशेष गरी हामीले खाने तेलको प्रकार र यसलाई पकाउने तरिकाले हाम्रो मुटुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ।

कुन तेलको प्रयोग सबैभन्दा उचित हुन्छ?

चिकित्सकहरुका अनुसार हाम्रो खानामा कम्तीमा पनि १५ देखि ३० प्रतिशत बोसो अथवा चिल्लो पदार्थ हुनुपर्दछ।

सबैले याद गर्नुपर्ने कुरा के हो भन्दा, सबै तेलहरू उच्च-तापक्रममा पकाउनको लागि उपयुक्त हुँदैनन्। जस्तै जैतूनको तेल (Olive Oil) प्रयोग गरेर धेरै फ्राइ गर्नुपर्ने खानाहरू (समोसा, पकौडा, पुरी) पकाउनुहुँदैन। यसको मूख्य कारण भनेको यस्ता तेलहरूलाई उच्च-तापक्रममा तताउँदा यसमा भएका पौष्टिक तत्वहरू नाश भएर जान्छन् र हानीकारक तत्वहरू पैदा हुन्छन्। तथापी, सलादजस्ता तताउन नपर्ने खानाहरूलाई भिजाउनको लागि यो जैतूनको तेल प्रयोग गर्दा यसले हाम्रो मुटुलाई बचाउन मूख्य भूमिका खेल्दछ।

Coconut Oil for Heart Diseaseत्यसैगरी, सूर्यमुखी तेल, नरिवलको तेल र तोरीको तेलसँग धेरै तापक्रम सहन सक्ने क्षमता हुने हुनाले धेरै फ्राइ गर्नको लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यसैले, जस्तो खाना पकाउनुपर्ने हो, त्यस्तै प्रकारको तेलको प्रयोग गर्नु अनिवार्य हुन जान्छ, हैन भने त्यसले फाइदाको सट्टा बेफाइदा निम्त्याउन सक्छ।

Olive Oil for Heart Diseaseमानिसअनुसार पनि उसले खाने तेलको प्रकारमा फरक पर्ने हुन्छ, जस्तै; सूर्यमुखी तेल ‘मोनो-अनस्याचुरेटेड फ्याटी एसिड र पोली-अनस्याचुरेटेड फ्याटी एसिड’ (Mono-unsaturated Fatty Acid [MUFA] and Poly-unsaturated Fatty Acid [PUFA]) को राम्रो श्रोत हो, तैपनि मधुमेह भएका व्यक्तिहरूले सूर्यमुखी तेलको प्रयोग गर्नु एकदमै हानीकारक हुन्छ। किनभने यसले शरीरमा चिनी (sugar) को मात्रा बढाउँछ। तर अवकाडोको तेल र बदामको तेललाई मुटुको लागि राम्रो मानिन्छ किनभने यसमा स्वस्थवर्दक बोसो र चिल्लो पदार्थहरू पाइन्छन्। तथापी, एउटै खानामा थरीथरीका तेलहरू मिसाउनु भनेको सीधै मूर्खता हो भन्न सकिन्छ।

नेपालमा तेलको बारेमा गरिने सबैभन्दा बढी गल्तीहरू
  • नेपालमा मात्रै होइन, धेरै जसो देशको अधिकांश मानिसहरूलाई यो थाहा नहुन सक्छ कि, कुनै-कुनै तेलहरू उच्च तापक्रममा पकाउनको लागि बनेका हुँदैनन्। यस्ता तेललाई धेरै तताउँदा अक्सिकरण (Oxidation) भएर कार्सिनोजेन्स (carcinogens) जस्ता हानिकारक तत्व पैदा हुन जान्छ। यसले तेलमा भएका पौष्टिक तत्वहरूलाई पनि नाश गर्दछ। त्यसैले यस्तो हुन नदिनको लागि एउटै उपाय भनेको तेलको रङ्ग र त्यसको चिल्लोपनालाई जाँच गर्नु हो। तेल तताउँदा त्यसको रङ्ग परिवर्तन हुन थाल्यो भने जान्नुहोस् कि अब त्यो तेललाई तताउन पुगिसक्यो, त्यसलाई त्यहाँ भन्दा बढी तताउनुभयो भने हानिकारक हुन जान्छ।Peanut Oil for Heart Disease
  • नेपालमा अधिकांशले गर्ने एउटै गल्ती भनेको सबैथरीका तेललाई धेरै तताएर खाना बनाउने गर्छन्। तर के त्यसो गर्नु उचित हो? अर्को भनेको धेरै मुटुरोगीहरूले आफ्नो खानाबाट पूर्णरूपमा चिल्लो र बोसोको मात्रा घटाउँछन्, तर के त्यसो गर्नु उचित हो? एक सन्तुलन खानामा कम्तीमा पनि १५ देखि ३० प्रतिशत बोसो र चिल्लो पदार्थ हुनु आवश्यक हुन्छ र स्वस्थ खाने तेल भनेकै चिल्लोको एक मात्र श्रोत हो। त्यसैले आफ्नो खानाबाट चिल्लो पदार्थ हटाउनुभन्दा आफ्नो स्वास्थ्यको लागि उचित तेलको छनौट गर्नु बुद्धिमानी हुन जान्छ।Sunflower Oil for Heart Disease
  • त्यसैगरी, धेरैले गर्ने साझा गल्ती भनेको एकचोटि पकाइसकेर बाँकी रहेको तेललाई फेरि प्रयोग गर्ने गर्छन्। तेललाई पुनः प्रयोग गर्दा तपाईँ आफैले पनि याद गर्नुभएकै होला, त्यसबाट साना-साना काला कणहरू निस्कने गर्छन्। त्यो कालो कण भनेको कार्सिनोजेन्सको मूख्य श्रोत हो। यसले क्यान्सर जस्तो घातक रोग निम्त्याउँदछ भने शरीरमा कोलेस्ट्रोलको मात्रा बढाएर मुटुको धमनीमा बाधा पुर्याउने गर्दछ।Avocado Oil for heart Disease
  • यदि तपाईँले कुन तेललाई कत्तिको तापक्रममा तताउने भनेर जान्नुभएको छैन भने तेल तताउँदा त्यसको रङ्गलाई ध्यान पुर्याउनुहोस्। तेल तताउँदा त्यसको वास्तविक रङ्गमा परिवर्तन भएपछि त्यहाँ भन्दा बढी तताउनुहुँदैन। यदि तेल तताउँदै गर्दा त्यसबाट धुँवा निस्कन थाल्यो भने अब त्यो तेल हानीकारक भैसक्यो भनेर बुझ्नुहोस्। यसरी धुँवा निस्केको तेलमै खाना बनाउनुभयो भने त्यसले मुटु रोगको साथसाथै मस्तिष्कको रोग समेत निम्त्याउन सक्दछ।
मुटु बचाउनको लागि उपयुक्त हुने स्वस्थ खानाको नमूना

कुनै-कुनै खाना खानाले मुटु रोग लाग्न सक्ने सम्भावनालाई दोब्बर बनाउने गर्दछ, र मानिसहरूले आफ्नो खानेबानीलाई सुधार्न पनि गाह्रो नै पर्छ। त्यसैले आफ्नो खानेबानीलाई सुधार्नको लागि बिस्तारै-बिस्तारै पहल गर्नुपर्छ, खाने मात्रालाई नियन्त्रण गर्दै लैजानुपर्छ। कम क्यालोरी भएको तर प्रशस्त पौष्टिक तत्व भएको खाना बढी खानुपर्छ भने धेरै बोसो भएको, सोडियमयुक्त खाना र चिनीयुक्त खानाहरूलाई बिस्तारै कम गर्दै लैजानुपर्छ। मुटु रोगको खतराबाट बच्नको लागि हामीले स्वस्थ बोसो र अस्वस्थ बोसोलाई चिन्नुपर्ने हुन्छ।

मुटुलाई बचाउन मद्दत गर्ने केही खानाहरूः
  • हरीयो सागपात र सफा फलफूलमा क्यालोरीको मात्रा कम हुन्छ र स्वस्थवर्दक फाइबर पाइन्छ जसले खानालाई पचाउन मद्दत गर्दछ।
  • मुटु रोगीहरूले रातो फल मासु नखानुहोला।
  • मुटु रोगीले मात्रै नभई सबै जनाले बाह्य प्याकेटको र डिब्बामा बन्द गरिएको खानेकुरा नखानुहोस्।
  • गाईभैँसीको दूधबाट बनेको घ्यूमा उच्चमात्रामा बोसो हुने गर्छ, तर बनस्पती घ्यूमा थोरै मात्रामा बोसो हुने गर्दछ। त्यसैले मुटुरोगीहरूले बनस्पती घ्यूको सेवन गर्नु कम हानीकारक हुन्छ। तर यसलाई पनि नियमित नखानुहोस्।
  • धुम्रपान तथा मध्यपानले फोक्सो र कलेजोलाई मात्र नभई मुटुलाई समेत प्रत्यक्स असर गरिरहेको हुन्छ। त्यसैले मुटुरोगबाट चाँडै नै आफ्नो ज्यान गुमाउन चाहनुहुन्न भने आजै देखि धुम्रपान तथा मध्यपान जस्ता कुलतबाट टाढा रहनुहोस्।
मुटु रोगबाट बच्ने अन्य उपायहरूः
नियमित चिया पिउनुहोस्, मुटुरोगबाट बच्नुहोस्
अब घरमै बसेर बाथ मुटुरोगको उपचार
मुटुलाई फिट र स्वस्थ राख्ने ४ अचुक शुत्र
शरीरमा प्रोटिन कम हुँदा के के हुन्छ? प्रोटिन पाइने खाना यस्ता
मुटु रोगबाट बच्न चाहनुहुन्छ भने विहानमा नखानुस् यी ५ खाना
अन्त्यमा, हृदयरोगबाट बच्न कस्तो तेलको प्रयोग गर्ने त?

गाढा रङ्ग भएको र बढी चिल्लोपना भएको तेल जस्तै; तोरीको तेल, भट्टमासको तेल (सोयाबिनको तेल) लाई धेरै तताएर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, जुन मुटुरोगीहरूको लागि एकदमै हानीकारक हुन्छ। तर, बदामको तेल, अवोकाडोको तेल, सूर्यमुखी तेल, जैतूनको तेललाई कम तापक्रममा तताएर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले विशेष गरी मुटुरोगीहरूको लागि उक्त तेलको प्रयोग गर्नु सबैभन्दा उचित हुन्छ। माथि तस्विरमा देखाइएका सबै तेलहरू मुटुरोगीहरूले खान उपयुक्त हुन्छन्।

महत्वपूर्ण नोटः

यदि तपाईँलाई मुटुको रोगले ग्रसित बनाइरहेको छ र तपाईँलाई दम पनि छ भने विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। दम भनेको यस्तो रोग हो जसले हाम्रो फोक्सोलाई असर गर्दछ र फोक्सोमा हावा पुर्याउने स्वासनलीमा बाधा पुर्याउँदछ। मुटुको रोग भएको व्यक्तिहरूलाई दम पनि भएको छ भने, सुरुमा दमलाई कम गर्ने उपायहरू अपनाउनुपर्ने हुन्छ, नत्र त्यसले एकदमै घातक अवस्थाको सिर्जना गर्न सक्दछ। (दम रोगको बारेमा जान्न र दमलाई कसरी कम गर्ने भन्ने बारेमा थप जानकारी पाउनको लागि यहाँ क्लिक गर्नुहोस्)