४ जेठ, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । पछिल्लो मत परिणाम अनसुार नेपाली कांग्रेसका आनन्द पराजुलीले अग्रता लिएका छन । उनले ४ हजार ३ सय १ मत ल्याएका छन भने नेकपा एमालेका हरि बहादुर महतले ३ हजार ९ सय १७ मत ल्याएका छन ।

त्यस्तै राप्रपाका मधु अधिकारीले १ हजार ४ सय ७० मत ल्याएर आफुलाई तेस्रो स्थानमा उभ्याएका छन ।