१० जेठ, काठमाडौं । निकै रोचक प्रतिष्पर्धाका बीच हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उमेद्बार बिजयी भएका छन् ।

प्रमुख पदमा एमाले उमेद्बार हरिबहादुर महतले ६ सय १५ मत अन्तरको जित निकालेका हुन् । महतले २३ हजार १ सय २४ मत प्राप्त गरे भने उनका निटतम प्रतिष्पर्धि काँग्रेस माआवादी गठबन्धनका उमेद्बार आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मत ल्याए ।

उपप्रमुख पदमा पनि एमालेकी मिना लामा बिजयी भएकी छिन् । उनले २३ हजार ४ सय ३७ मत ल्याइन् भने उनका प्रतिष्पर्धी गठबन्धनका उमेद्बार बलराम बलले १७ हजार ११ मत मात्रै पाए ।