३ जेठ, चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका निमा ग्याल्जेन शेर्पा ४९४५ मत ल्याई विजयी भएका छन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हस्त पण्डितले ३२१३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका कोपिला पण्डितले ४५०२ मत प्राप्त गरी विजयी भएकी छन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निमा जाङ्मु शेर्पाले ३२८६ मत प्राप्त गरेकी थिइन ।

सो गाउँपालिकाको वडा नं १,३,४,५,६ र ७ मा नेपाली काँग्रेसका उम्मेदवार क्रमशः मिङमार तामाङ, छिरिङ ह्योल्मो, राजकुमार लामिछाने, हर्कबहादुर तामाङ, सुकुराम तामाङ र खेतनाथ घिमिरे प्यानलसहित विजयी भएका छन । वडा नं २ मा नेकपा एमालेका छिरिङ ग्याल्बो प्यानलसहित विजयी भएका छन ।