११ मंसिर, काठमाडौं । हिजो भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको चुनावका मतपेटिका संकलन गर्ने क्रम जारी रहेको छ ।

हिजो मतदान भएका ३२ जिल्लामध्ये १५ जिल्लाका सबै मतपेटिका सदरमुकाम ल्याइसकिएको निर्वाचन आयोगले जनाएको छ । २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ४ सय १० मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको आयोगको तथ्याङ्क छ ।

आयोगले आज साँझ विज्ञप्ती जारी गर्दैआज ४ बजेजसम्म ४० वटा मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको उल्लेख गरेको छ ।

अन्य बाँकी ४ सय ६७ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । भोली साँझसम्ममा बाँकी मतपेटिका जिल्ला सदरमुकाम ल्याइसकिने आयोगले जनाएकोे छ ।