२१ पुस, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ३० किलो सुनसहीत ३ जनालाई पक्राउ गरेको छ । सीआईबीको टोलीले आज दिउँसो काठमाण्डौंको पिंगलास्थानबाट अन्दाजी ३० केजी सुनसहीत ३ जनालाई पक्रेको सीआईबीले जनाएकाे छ ।

यसकारण आँट गरे प्रचण्डले ज्ञवाली हटाउन

पक्राउ पर्नेहरुमा बाँकेको नेपालगन्जका ४३ बर्षिय गोला बहादुर शाही, मोरङको पथरी—८ का ३२ वर्षीय दिनबन्धु थापा र धनुषा जनकपुरधामका ३५ वर्षीय सन्तोष काफ्ले रहेका सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् ।

उनीहरुको साथबाट १० तोलाको विस्कुट र तयारी गरगहना बरामद गरिएको छ । प्रवक्ता चौधरीका अनुसार बरामद गरिएको सुनमा १० तोलाको २ सय ८२ वटा टुक्रा, १९ वटा औंठी र १८ वटा तयारी सीक्रि रहेको छ । सुनका मालिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।