११ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले ४८ किलो लागू औषध चरेशसहित ४ जनालाई पक्राउ गरेको छ ।

हेटौंडा–पथलैया सडक खण्ड अन्तर्गत हेटौंडा १७ रातोमाटे चेकपोष्टमा वीरगञ्जतर्फ गइरहेको भारतीय नम्बरप्लेटको कारबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत हरीयाणा हिसाईका ३७ वर्षीय नरेशकुमार, सोही ठाउँका ५२ वर्षीय भगवान दास, पर्सा बिरगंज १९ का ३० बर्षिय परमात्मा गोसाई र बिरगंज १० का ४१ बर्षिय अनिल स्वामी रहेको प्रहरीले जनाएको छ ।

सामान्य जाँचबाट पत्ता लगाउन नसक्ने गरी गाडीको झ्याल भित्र र सिट मुनी लुकाएर ल्याएको चरेस सुराकीका आधारमा समातिएको प्रहरी प्रवक्ता नायव उपरीक्षक बामदेव गौतमले बताए ।

उनीहरुको साथबाट २२ हजार ७ सय १० भारतीय रुपैयाँसमेत बरामद गरेको गौतमले जानकारी दिए ।