एजेन्सी ।

केही समय अघि बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणले ‘माइ लाइफ माइ च्वाइस’ नामक एक भिडियोमा दिएको अभिब्यक्ति यतिबेला निक्कै चर्चामा छ । यही विषयमा बलिउडका अन्य कलाकारले पनि प्रतिक्रिया दिइसकेका छन् ।

men tell lie

दिपिकाले उक्त भिडियोमा महिलालाई सबै कुरामा स्वतन्त्रता हुनु पर्ने र शारीरिक सम्बन्ध राख्नका लागि समेत यही कुरा लागु हुनु पर्ने बताएकी छिन् । तर बलिउडकै अन्य अभिनेत्रीले भने यौनिक स्वतन्त्रता मात्र महिला स्वतन्त्रताको मुख्य विषय नभएको भन्दै असहमति जनाएका छन् ।

यही सम्बन्धमा भारतको चर्चित पत्रिका टाइम्स अफ इण्डियामा एक महिला लेखकले सनसनीपूर्ण लेख लेख्दै आफूले ५ पुरुष साथीलाई ‘तिमीले आफ्नी पत्निले अरुसँग यौन सम्बन्ध राख्न चाहे के गर्छौं?‘ भनेर सोधेको उल्लेख गरेकी छिन् ।

जवाफमा कस्ले के भन्यो ?
पहिलो पुरुषः महिलाले पतिको अनुमति नभइ बाहिर यौन सम्बन्ध राख्नु हुँदैन । पत्निले अरुसँग शारीरिक सम्पर्क गरेमा पतिलाई जानकारी हुनुपर्छ ।

दोश्रो पुरुषः यदि मेरी पत्निले यस्तो गरेको थाहा पाएँ भने मलाई दुःख लाग्छ । मलाई थाहा हुनु पर्छ कि किन यस्तो भैरहेको छ ।

तेश्रो पुरुषः पत्निले अरुसँग यौन सम्बन्ध राखेको थाहा पाएँ भने निक्कै दुःख लाग्ने छ । मलाई ठेस पुग्ने छ । म पत्निसँग बस्न सक्छु कि सक्दिन म भन्न सक्दिन ।

mating men women 1

चौथो पुरुषः यदि मेरी पत्निले साँच्चिकै अरुसँग सम्पर्क राख्न चाहे म रोक्दिन । यो उसको फैसला हो । मेरो र मेरी पत्निबीचको सम्बन्ध केवल सेक्सको मात्र होइन । यति कुराले मैले सम्बन्ध तोड्न सक्दिन ।

पाँचौं पुरुषः बैबाहिक सम्बन्ध प्रेम र भरोसामा टिक्ने कुरा हो । यदि विश्वास नै तोडियो भने केही पनि बाँकी रहँदैन । म पत्निलाई अरुसँग यौन सम्बन्ध राख्न अनुमति दिन कहिल्यै पनि सक्दिन ।

सञ्चिता उपाध्यायले टाइम्स अफ इण्डियामा लेखेको लेखमा आधारित 

 

दिपिका पादुकोणले यौन सम्बन्ध राख्ने विषयमा यस्तो बोलेकी थिइन्

 

यो पनि हेर्नुस्
पुरुषले यसकारण राख्छन् परस्त्रीसँग सम्बन्ध
यौनको मामलामा महिला चाहन्छन् अनुभवी पुरुष