७ माघ, काठमाडौं ।

नेपाःराष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीलाई पार्टी नीति विपरीत काम गरेको भन्दै पार्टीले कारवाही गर्ने निर्णय गरेको छ । संविधान संशोधनको विपक्षमा उभिए वापत पार्टीले सांसदबाट हटाउने निर्णय गरेको हो । तर सांसद लक्ष्मण राजवंशीले आफू नेपाः पार्टीको सदस्य नै नभएको अवस्थामा पार्टीले कारवाही गरेर बदनाम गर्न खाजेको बताएका छन् । यसै विषयमा नेपाली हेडलाइन्ससँग सांसद राजवंशीले भने–

ओली पक्षमा लागेका लक्ष्मण राजवंशीलाई सांसदबाट हटाउने निर्णय

मलाई कारवाही गर्नुको अर्थ नै छैन
म नेपाः राष्ट्रिय पार्टीको सदस्य नै होइन । मैले सांसद बन्नु अघि नै पार्टी सदस्यता लिएर सांसद बन्दिन भनेको थिए । उहाँहरुले धेरै पटक आग्रह गरेपछि मात्र सांसद पद स्वीकार गरेको हुँ । पार्टीले कारवाही गरेपछि सांसद पद रहने गरी मैले बौद्धिक जनतान्त्रिक परिषद पार्टी संसदमा दर्ता गराएको छु । पार्टीले मलाइ संविधान संशोधन प्रस्तावको पक्षमा उभिन दबाब दिएको थियो । म ८२ वर्षको उमेरमा राष्ट्रहितप्रति गद्दारी गरेर मर्न चाहन्न ।

laxman-rajbanshi-chairs-house-meet

मलाई पश्चताप छैन
पार्टीले कारवाही गरेकोप्रति मलाई कुनै पश्चताप छैन् । पार्टीको अधिकार हो । म पार्टीको मानार्थ सदस्य हो । मानार्थ सदस्यलाई पनि कारवाही गर्ने कस्तो राजनीतिक संस्कार हो ? पार्टीको विधान अनुसार कारवाही गर्नु अघि एक पटक स्पष्टिकरण सोध्नु पर्छ । केही नगरी मलाई निकाल्ने निर्णय भयो । मलाई बस्ने इच्छा पनि थिएन । देश टुक्रयाउने पक्षमा म जान सक्दिन । राष्ट्रको सार्वभौमसत्तामाथि गम्भीर प्रश्न खडा भएको अवस्थामा मधेसी गठबन्धनको पक्षमा मेरो आत्माले उभिन सकिन ।

…नत्र सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं: योगेन्द्र चौधरी

मेरो अपमान गर्न खोजियो
मैले सांसद बन्ने बेलामा नै भएको थिए । संविधान जारी भएपनि रुपान्तरित संसदमा जान्न भनेर पार्टीमा राजिनामा बुझाएको थिए । त्यही राजिनामा स्वीकृति गरिदिए भइहाल्यो । किन मलाई कारवाही गर्ने भनेर अपमान गर्न खोजियो ? मलाई कारवाही गर्ने नेपाः पार्टीको दलालीको फल हो । म राष्ट्रको विरोधमा जान सक्दिन । सरकारले राम्रो नियत राखेको भए प्रेम बहादुर सिंहको सट्टा मलाई पनि मन्त्री बनाउथ्यो होला । ५५ बर्षसम्म मास्टरी गरे । म सांसद बन्दिन भन्दा पनि घरमा आएर वाक्कदिक्क लगाएर सांसद बन्न दबाब दिए । अहिले आएर अनावश्यक रुपमा मलाई बदनाम गर्न काम भयो ।