१६ भदौ, काठमाडौं ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सव एक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रा.लि.ले उक्त उपहार योजना सार्वजनिक गरेको हो । प्रा.ली.का प्रबन्ध निर्देशक चन्द्र टण्डनका अनुसार उक्त उपहार योजना अन्र्तगत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी–सर्ट, र किरिङ उपहारस्वरुप जित्न सक्नेछन् ।

त्यस्तै साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाईल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एल.जी. रेफ्रिजिरेटर उपहार प्रदान गरिनेपनि प्रा.लिले जनाएको छ ।