१९ चैत, नेपालगन्ज ।

बाँकेमा म्यादी प्रहरी छनौटका क्रममा एक जनाको मृत्यु भएको छ ।

१ किलोमिटर दौड सकिएपछि अर्को चरनमा पुसअप गर्ने क्रममा वेहोस भएका बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारुको अस्पताल लैजाने क्रममा आज अपरान्ह ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

हाल निर्वाचनमा थप सुरक्षाका लागि आवश्यक म्यादी प्रहरीको छनौट प्रक्रिया चलिरहेको छ ।