हिन्दु धर्ममा शंखलाई निक्कै नै पवित्र र शुभ मानिन्छ । त्यसै कारण पूजा पाठको आरम्भ गर्दा पहिला शंख बजाईन्छ । धार्मिक मान्यता यो छ कि शंख बजाएर कार्य गर्दा राम्रो फल प्राप्त हुन्छ। यति तपाईले शंखको राज थाहा पाउँनु भयो भने तपाई साझ र बिहान शंख नबजाई बस्नै सक्नु हुन्न । आँउनुस तपाई पनि पढ्नुस के के रहेछन् शंख बजाउनको फाईदा  ।

 

१). शंखले सन्तान प्राप्तिमा सहायक भुमिका खेल्छ

जुन दम्पति सन्तान चाहान्छन् र कुनै कारण उनीहरु सन्तान सुखबाट टाढा छन्  भने उनीहरुले नियमित रुपमा शंखमा दूध भरेर शालिग्रामको स्नान गर्नु पर्दछ ।  अनि यसरी चढाईएको दूध स्त्रीलाई पिलाउनु पर्छ । यसो गर्दा सन्तान सुखमा आउँने बाधा अड्चन हट्ने धार्मिक विश्वास रहेको छ।

 

२)बच्चाको बोलि राम्रो ,तिखो र स्पष्ट पार्न शंखको प्रयोग हुन्छ

यदि तपाई आफ्नो बच्चाले राम्रो र तिखो बोलि बोलोस भन्ने चाहानु हुन्छ भने गर्भ अवस्थाको  बेला स्त्रीलाई शंखमा पानी भरेर खुवाउनु पर्छ  ।  भकभकाउने र तोले बोल्ने बच्चालाई पनि शंखमा भरेको पानी पिलाउनु निक्कै नै फाईदा जनका हुन्छ ।

shankha

३) यस्तो रोग पनि हटाउँछ शंखले

 

शंख बजाउँदा हाम्रो स्वास प्रस्वासमा अनुकुल प्रभाव पर्दछ ।  जसको कारण फक्सो सम्बन्धी रोगहरु हटेर जान्छ।  आयुर्बेदका अनुसार शंख बजाउँदा दम, मुटु र इंफ्लूएंजा नामक रोगहरु दुर भाग्दछ । यसले मृगौला र योनअंगमा पनि अनुकुल प्रभाव पार्दछ।

 

४) मान्छेको विकासमा पनि सहयोग गर्छ शंखले.

शास्त्रमा भन्या छ शंखबाट निस्कने ओमको धुनले मानसिक रोग सन्चो बनाउँदछ। शंखबाट निस्कने सुमधुर धुनले मन शान्ति हुनुका साथै शरिरमा उर्जा थप्दछ  ।  यसले मनसिक विकासमा पनि मद्दत गर्दछ ।

 

 

५) सावधान यस समयमा शंख झुकिएर पनि नबजाउँनुहोस्

 

शंख बजाउनु निक्कै शुभ मानिन्छ तर शास्त्रमा भने अनुसार राति सन्ध्या कालको आरती सकिएपछि शंख बजाउनु हुन्न । भनिन्छ यसो गर्नाले लक्ष्मी रिसाउँछिन्  र हामीलाई आर्थिक निक्सान हुन सक्छ। अहिले चिकित्सकका अनुसार गर्भ अवस्थामा रहेकी महिलाको अगाडि शंख बजाउनु हुन्न ,यस्ले गर्भ रहेको बच्चामा असर गर्दछ।