२७ फाल्गुण, एजेन्सी ।

३ दिन देखि हराइरहेको मलेसियाली जहाजको हराउनुको जिम्मेवारी एक चिनियाँ अतिबादी समूहले दावी गरेको छ । चाइनिज मार्टर्स व्रिगेड नामक समूहले प्रतिशोधस्वरुप मलेसियन एयरलाइन्सको जहाज Flight MH370 बाइङ गायव पारेको दावी गरेको हो ।

यस अघि कहिले पनि नाम नसुनिएको यो समूहले आइतबार चिनियाँ पत्रकारहरुलाई इमेल पठाएर बिमानको जिम्मा लिएको हो । मेलमा तिमीहरुले हाम्रा एक जना दाजुभाइ मार्यौ भने हामीले १०० जना मारिदिन्छौं लेखिएको छ ।

मेलमा विमान कहाँ लगियो वा के गरियो भन्ने उल्लेख छैन । 

सो समूहले कहाँबाट आएको हो भन्ने जानकारी पाउन नसकिने बेनामी हशमेलबाट उक्त दावी गरेको हो ।

अधिकारीहरुले भने यो दावी केवल हौवा फैल्याउन मात्र गरिएको प्रतिक्रिया दिएका छन् ।

missing plane 1

मलेसियाका रक्षामन्त्री हिसामुद्दीनले दावीको आधिकारिकता पुष्टी हुन कठिन रहेको बताए ।

त्यसैगरी कतिपयले चीनमा उइगुर र हान समुदायबीच विवाद चर्काउन यो दावी हौवाकोरुपमा फैल्याइएको अनुमान गरेका छन् ।

missing plane

 

सोमबार अधिकारीहरुले जहाजको भग्नावशेषको केही भाग फेला पारेको हुन सक्ने बताइए पनि सो सही सावित हुन सकेन ।

विमानको खोजि गरिरहेका अनुसन्धानकर्ताहरुले मलेसियन जहाज आकाशमै विष्फोट भएको वा गराइएको हुन सक्ने समेत अनुमन गरेका छन् ।

मलेसियाली अधिकारीहरुले पनि जहाज अपहरण भएको हुन सक्ने भन्ने दावीलाई अस्वीकार गरेका छैनन् ।

आइतबार विहान २३९ जनालाई लिएर चीनको बेइजिङ जाँदै गरेको मलेसियन एयरलाइन्सको विमान उडेको केही समयपछि सम्पर्क विहिन भएको थियो ।

विमानमा २२७ यात्रु र १२ जना चालक दलका सदस्य सवार रहेका थिए ।  

missing plane.png 4

 

विमानको क्वालालम्पुरबाट बेइजिङ रुटमा पर्ने दक्षिण चीन समुद्रमा खोजी कार्य जारी रहेको छ । खोजीमा विभिन्न देशका चालिस पानीजहाज र २३ जहाज प्रयोग गरिएको छ । विमानमा दुई जना यात्रु नक्कली राहदानी प्रयोग गरी सवार भएकोले यो जहाजको अवस्था थप रहस्यमय बन्दै गएको छ ।

मलेसियन अधिकारीहरुले विमान बीच बाटोबाट मलेसियातर्फ नै फर्कन लागेको राडरको संकेत फेला परेको बताए पनि विमान किन फर्किन खोज्यो भन्नेबारेमा केही बताएका छैनन् । विमानमा अस्ट्रिया र इटालीका एक एक जना नागरिक रहेको बताइए पनि ती देशहरुले आफ्ना नागरिकहरु विमानमा नरहेको स्पष्ट पारेको छयी नागरिकहरुको राहदानी चोरिएको र अर्कै व्यक्ति उडेको पत्ता लागेपछि विमान बेपत्तामा आतंकवादी समूहको समेत हात रहेको हुनसक्ने अनुमान गरिएको छ ।