५ चैत, पोखरा । पश्चिमाञ्चल होटल संघको आयोजनामा चैत्र अन्तिम साता पोखरामा हुने ११ औं फेवा नव वर्ष महोत्सवको तयारी तीव्र पारिएको छ । नेपाली नयाँबर्षको अबसरमा आन्तरिक पर्यटन प्रवद्र्धनको लागि आयोजित महोत्सब चैत २८ गतेदेखि वैशाख २ गतेसम्म चल्नेछ ।

पोखराको वसुन्धरा पार्कमा संचालन हुने महोत्सबको तयारी तिब्र पारिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । महोत्सवका अवसरमा आन्तरिक पर्यटकलाई लक्षित गरी आवासमा १५ प्रतिशत छुट दिईने संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए ।

महोत्सवमा करिव दुई लाख पर्यटकले सहभागिता जनाउने संयोजक एवं संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । महोत्सवमा खानाका करिव डेढ दर्जन स्टल र तीन दर्जन अन्य विभिन्न खालका पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु रहने छन् ।

महोत्सवबाट अनुमानित ४१ लाख १५ हजार रुपैयाँ आम्दानी र ३९ लाख १५ हजार रुपैयाँ खर्च भई दुई लाख ३५ हजार रुपैयाँ वचत हुने अनुमान गरिएको छ । महोत्सब अबधिभर पोखराका होटलमा १० करोड कारोबारको अपेक्षा गरिएको छ ।

महोत्सवका अवसरमा लोकदोहोरी, कन्सर्ट, बालउद्यान, पर्यटक दौड र हास्यव्यंग्यका कार्यक्रम समेत समेटिने संघले जनाएको छ । महोत्सवको टिकटबाट संकलित रकम मध्ये केही रकम फेवा तालको संरक्षणको लागि समेत छुट्याउने संघका महासचिव लक्ष्मण सुवेदीले जानकारी दिए । संघले दैनिक दुई वटा डुंगा र ग्रिन क्लिन पोखरा मुभमेण्टसँग मिलेर माशिक दुई जना कर्मचारी पनि ताल संरक्षणकै लागि खटाइरहेको छ ।

पश्चिमाञ्चल होटल संघले १२ वर्ष अघि आन्तरिक पर्यटन प्रवद्र्धन अभियान संचालन गर्दा पोखरामा आन्तरिक पर्यटकको अकुपेन्सी दर दुई प्रतिशत मात्र रहेकोमा अहिले त्यो बढेर ३० प्रतिशत पुगेको र आगामी २०१५ सम्म यसलाई ५० प्रतिशत पु¥याउने अध्यक्ष शर्माले बताए ।

आन्तरिक पर्यटकको लागि संचालित जाउँ है पोखरा र भारतीय पर्यटकका लागि लक्षित चलिए पोखरा अभियानले समेत पोखरामा पर्यटक आमगमन दर बढ्दै गएको संघले जनाएको छ । नेपाल र भारत बाहेक अन्य मुलुकमा संचालित पोखरा ः प्युर एण्ड पर्फेक्ट अभियानको असर पनि सकारात्मक देखिएको संघको दाबि छ ।