भगवानको पूजामा विभिन्न प्रकारका मन्त्र बोलिन्छन् तर सबै मन्त्रको शुरुवात एक शुभ अक्षरबाट हुने गर्दछ। यो शुरुमा उच्चारण हुने अक्षर तथा शब्द ‘ॐ’ हो।

 

वैदिक तथा पौराणिकको मन्त्र बोल्दा सबैको शुरुवात ऊकारबाट हुने गर्छ। मन्त्रको अगाडि ‘ॐ’ लाग्ने कारणको रहस्य पनि धर्मग्रन्थमा लेखिएको छ।

 

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार पूरै प्रकृति तीन गुणबाट बनेको छ। यी तीन गुणमा क्रमशः रज, सत र तम छन। ‘ॐ’ को एक अक्षर ब्रह्मालाई पनि मानिन्छ, जसले पुरै प्रकृतिको रचना र संहार पनि गर्दछन। यसकारण यी तीन गुणका भगवानलाई ‘ॐ’ मानिन्छ।

 

Om

 

श्रीगणेश पनि ब्रह्माको रुप हुन। उनको नामको अर्को अर्थ देवताको भगवान मात्र नभई गुणका भगवान पनि हो। यसले गर्दा श्रीगणेश लाई ‘ॐ’ को प्रत्यक्ष रुप मानिन्छ र यसलाई वेदमन्त्रको अगाडि राखेर उच्चारण गरिन्छ। यो मन्त्रको अगाडि श्रीगणेशको प्रतिष्ठा , ध्यान र नामको जप हुन्छ जुन पुरै संसारको लागि मंगलकारी, शुभ, सुख, समृद्धि तथा शान्ति दिने बताईएको छ,