९ चैत ,काठमाडौ । नेपाली काँग्रेस सभासदका लागि लेबी तोकेको छ । संसदीय दलको आज बसेको बैठकले केन्द्रीय समिति र संसदीय दलको कार्य सञ्चालनका लागि ‘लेबी’ लिने निर्णयसमेत आजको बैठकले गरेको छ ।

प्रत्येक सभासद्बाट रु पाँच हजार लेबी लिने र त्यसमध्ये २० प्रतिशत संसदीय दलले र ८० प्रतिशत पार्टीले लिने निर्णय पारित भएको प्रवक्ता बडूले जानकारी दिए ।

congress flag

काँग्रेसका १ सय ९६ सभासदले लेवी बुझाउदा काँग्रेसले मासिक झण्डै १० लाख आम्दानी गर्ने छ । एकीकृत माओवादीले प्रत्येक सभासदवाट १० हजार र नेकपा एमालेले ८ हजार लेवी तोकेका छन् ।