१९ चैत,काठमाडौं ।एकीकरणलाई अन्तिम रुप दिन ३ मधेसबादी दलको बैठक आज बस्दैछ । तमलोपाको पार्टी कार्यालय बिजुलीबजारमा दिउँसो एकीकरणको अन्तिम तयारीमा रहेका तमलोपा, मधेसी जनअधिकार फोरम र सदभावनाको बैठक बस्न लागेको हो ।

 

पार्टीको नाम र नेताहरुको कार्यविभाजनका विषयमा दलहरुबीच सहमति जुटन नसक्दा एकीकरण प्रयास लम्बिएको थियो । तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई अध्यक्ष बनाउने ३ दलबीच सहमति भएपनि पार्टीको नाम र अन्य नेताहरुको जिम्मेबारी बाँडफाडमा केहि नेताले असन्तुष्टि जनाएका कारण ३ दलबीच एकीकरण हुन सकेको छैन् ।

 

बिवादीत बिषयमा दलहरुबीच छलफल भइसकेकाले अवको केहि दिनमै पार्टी एकिकरण हुने एक नेताले दावी गरेका छन् ।।