चुरोट खाँदा क्यान्सर हुन सक्छ । चुरोटले फोक्सोमा हानी गर्छ । चुरोट खानु स्वास्थ्यको लागि हानिकारक छ । जस्ता उक्ति हामीले बच्चाबेला देखि नै सुन्दै आएका छौं । तर वास्तवमा चुरोटले फोक्सोमा के असर गर्छ भन्ने चाँहि हामीले देखेका छैनौं ।

हङकङको यान चाइ हस्पिटल तुङ ची यीङ मेमोरियल स्कुलका एक शिक्षकले बनाएको एक भिडियो हेर्नु भो भने तपाइँले चुरोट खाने कुरा भुलेर पनि सोंच्नु हुनेछैन ।

smoking effect

 

रायन अउ नामका ती शिक्षकले आफ्ना विद्यार्थीहरुले समेत चुरोट खान थालेपछि चिन्ता लागेर चुरोट खाँदा फोक्सोमा पर्ने असरबारे यस्तो भिडियो बनाएर सार्वजनिक गरेका हुन् ।

उनले बनाएको भिडियोमा  ६० ओटा सिगरेट खाएपछि फोक्सोमा पर्ने असरलाई निक्कै स्पष्ट ढंगबाट प्रस्तुत गरिएको छ ।

भिडियोमा २ वटा फोक्सोको सेट छ । एउटामा सफा हावा भित्र पठाइएको छ भने अर्कोमा चुरोटको धुवाँ ।

६० वटा चुरोटको धुँवा भित्र पठाएपछि २ फोक्सको अवस्था तुलना गरिएको छ ।

चुरोटको धुवाँ पठाइएको फोक्सोमा धुवाँका कारण काला काला धब्बा बसेको र कालो पदार्थ जम्मा पहेँलो हुँदै गएको स्पष्ट देखिन्छ ।

त्यसैले फोक्सोमा श्वासनली नै बन्द गरेको समेत देखिन्छ ।

चुरोट खानेहरुलाई यसको असरबारे थाहा भएपनि त्यति संवेदनशील भएको नपाएपछी आफूले यो भिडियो बनाएको यान चाइले बताएका   छन् ।

तर उनले बनाएको यो भिडियो हेरिसकेपछि भने चुरोट पिउनेहरुले चुरोट हातमा लिएर सल्काउनु अघि १०० पटक सोंच्नेछन् ।

 

हेर्नुस भिडियोः 

 

{source}
<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/tCdOAzyKplM” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

 

एजेन्सीको सहयोगमा ।