१५ जेठ, दैलेख

दैलेखस्थित जिल्ला अस्पताल दुल्लुमा एउटा मात्रै शैया हुँदा बिरामीलाई बरन्डा र भुइँमै राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।

पन्ध्र शैयाको अस्पतालमा अहिले एउटा मात्रै शैया छ जहाँ दैनिक एक सय भन्दा बढी बिरामी आउने गरेका छन् । बाहिरबाट हेर्दा जति सम्पन्न र सुन्दर देखिन्छ दुल्लु अस्पताल भित्र भने दयनिय अवस्था छ । पन्ध्रशैयाको अस्पतालमा अहिले एउटा मात्र शैया छ ।

11

त्यो पनि निकै पुरानो र जिर्ण । हालै मात्र नयाँ नगरपालिका घोषणा गरिएको दुल्लु नगरमा रहेको यो अस्पतालमा दैनिक एक सयको हाराहरीमा विरामी आउने गर्दछन् । बिरामिको चाप अत्याधिक छ तर दरबन्दी अनुसार चिकित्सक र कर्मचारी छैनन् । उपचार सामग्रीको उस्तै अभाव । अस्पतालमा बस्ने बेन्चदेखि सुत्ने वेड नहुँदा विरामीको उपचार भुईमैमा नै गराउनु पर्ने बाध्यता रहेको छ ।

 

अस्पतालमा भर्ना भएका विरामीदेखि परिक्षण गराउन आउने विरामी समेत वेड नहुँदा भुईमै सुतिरहेको देख्न सकिन्छ । अस्पतालको भौतिक विकासका लागि पहल गरिन सवै पक्षसंग आग्रह गरे पनि समस्याको हल भने नभएको अस्पतालका प्रमुख डाक्टर गोबद्र्धन थापा बताउँछन् ।

 

11

शैयाको अभावमा जटिल प्रकृतिका विरामीलाई पनि राती भर्ना गर्न समस्या रहेको  छ । अस्पतालको वरन्डादेखि डाक्टर बस्ने कोठासम्म विरामीहरु भुईमै सुतेको देखिन्छ । आफू दुल्लु आएपछि यहाँका नागरिक उत्साही भए पनि अस्पतालमा चाहिले आधारभुत सामाग्री समेत नभएर समस्या परेको थापाको भनाइ छ । सदरमुकाम तथा सदरमुकाम बाहिर जाने विरामीहरु दुल्लुबाटै सेवा लिईरहेका छन् ।

 

झाडापखाला र टाईफाईडका विरामीहरुको यो अस्पतालमा बढी चाप हुनेगरेको छ । दैनिक विरामीको चाप बढे पनि जनशक्ति नहुँदा सहज सेवा दिन नसकिरहेको अस्पतालले जनाएको छ । एक सैयाको अस्पतालमा कतिपय दिन त २ सयसम्म विरामीहरु आउने गरेको अस्पतालले जानकारी दिएको छ । २३ जना दरवन्दी रहेको दुल्लु अस्पतालमा हाल १२ जना मात्र रहेका छन् ।

 

दुई महिनादेखि डा. गोबद्र्धन थापाले दुल्लु क्षेत्रका सेवाग्राहीलाई सेवा दिन थालेपछि निकै राहत महशुस भएको सेवाग्राहीहरुले बताउँछन् ।
दुई जना डाक्टर, पाँच स्टाफ नर्स, दुई एच ए, एक जना ल्याप टेक्नीसियन, एक एक्सरे टेक्नीसियन, एक खरिदार र दुई कार्यालय सहयोगीको पद रित्त रहेको छ । एक डाक्टर, चार अहेव, चार अनमी, एक ल्याप असीस्टेन्ट र दुई कार्यालय सहयोगीले अस्पताल चलाउँदै आएका छन् ।