यौन चाहाना मानवीय गुण नै हो । तर यसको पनि सीमा हुन्छ । कतिपय मानिसमा धेरै यौन चाहाना हुन्छ भने कतिपय ब्यक्तिमा कम । तर कतिपय ब्यक्तिमा भने अप्राकृतिकरुपमा नै चाहिने भन्दा बढी यौन आसक्ति रहेको पनि पाइन्छ । अप्राकृतिक स्तरमा सेक्सको अत्याधिक चाहाना हुनुलाई सेक्स एडिक्सन् भन्ने गरिन्छ ।

couple mating

हालै मात्र हलिउडका कतिपय सेलिब्रेटीहरुले आफूलाई सेक्सको लत नै लागेको स्वीकार गरेका छन् ।

केही समय अघि मात्र विश्व नम्बर १ गल्फ खेलाडी टाइगर उड्स अर्का सेलिब्रेटी रसेल ब्राण्ड र क्यालीफोर्नियाका कलाकार डेभिड डुन्चोभ्नीले आफूलाई सेक्सको लत नै लागेको बताएका थिए ।

त्यसैगरी अष्ट्रलियन आइडोल विजेता क्यासी डोनोभानले शुभचिन्तकहरुलाई निराश पार्दै आफू प्रत्येक २ दिनमा मान्छे फेरेर सुत्ने गरेको बताएकी थिइन् ।

उनले आफू सेक्सको दुष्चक्रबाट कसै गरी बाहिर आउन नसकेको स्वीकार गर्दै ट्वीट समेत गरेकी थिइन् ।

जसलाई यौन आशक्ति छ उसलाई थाहा नहुन पनि सक्छ कि अरुलाई यस्तो हुन्छ कि हुँदैन भनेर । मदिरा वा अन्य लागु औषधको लत जस्तै यौनको लत लाग्यो
भने यसलाई दुर्व्यसनीको स्तरमा नै बुझिन्छ ।

अमेरिकाको क्यालिफोर्निया विश्विद्यालयले गत गर्ष गरेको अध्यनका क्रममा सेक्सको लतमा रहेका भनिने ब्यक्तिमा यौन चाहाना अत्याधिक हुने गरेको र यो चाहाना सामान्य मानिसमा भन्दा धेरै मात्रामा हुने गरेको निष्कर्ष निकालेका थिए ।

porno movie

 अष्ट्रेलियाको सिड्नीमा कार्यरत सेक्सोलोजिष्ट तान्या कोयन्सले सेक्स एडिक्सनलाई ब्यक्तिगत जीवनमा हानी गर्ने र पढाइ वा कामलाई समेत बाधा गर्ने स्तरको यौन चाहानाकोरुपमा ब्याख्या गर्छन् ।

चिकित्सकहरुले ५ लक्षण विचार गरेर यौन दुरव्यसनी भए नभएको पत्ता लगाउन सकिने बताएका छन् । यदि तपाइँमा पनि तल उल्लेखित समस्या छन् भने सम्झनुस् तपाइँलाई पनि सेक्स एडिक्सनको समस्या छ ।

५ लक्षण यस्ता छन् ।

तपाइँ निराश भएको बेला, तनाव हुँदा वा दिक्क लाग्दा सेक्स बारे कल्पना गर्नु हुन्छ वा त्यसका लागि कदम नै चाल्नु हुन्छ भने यो सेक्स एडिक्सनको संकेत हो ।

महत्वपूर्ण काम गरिरहेको समयमा वा परीक्षाका लागि पढिरहेको समयमा समेत यौनजन्य बिचारले दुःख दिन्छन् वा यौन जन्य गतिविधी गर्नु हुन्छ भने यो पनि
त्यसकै लक्षण हो । जुन कुरा यौन सम्बन्धी छैन त्यसमा समेत यौनिक विषय जोड्ने मनस्थितिमा पुग्नुलाई सेक्स एडिक्सन भनिन्छ ।

यदि तपाइँ अपरिचित ब्यक्तिसँग पनि यौनजन्य गतिविधी गर्न वा पैसा तिर्न समेत तयार हुनु भने पनि सम्झिनुस् तपाइँमा समस्या छ । निकटसँग यौनजन्य ब्यवहार
स्वभाविक हो तर अपरिचितसँग पनि उस्तै बिचार आउन थाल्नु सेक्स एडिक्सनको संकेत हो ।

यौनजन्य बिचार वा ब्यवहार नियन्त्रण गर्न बारम्बार प्रयास गर्दा पनि सक्नु हुन्न वा असफल भैरहनु भएको छ भने पनि यो सेक्स एडिक्सनको लक्षण हो ।

अरुको मनस्थिति वा आफ्नै समेत शारीरिक वा भावनात्मक अवस्था ख्याल नगरी जतिबेला पनि यौनजन्य गतिवधि गर्न खोज्नु हुन्छ भने यो पनि समस्या हो ।

इज्जतको समेत ख्याल नगरेर यौनिक क्रियाकलापमा उत्रिन थाल्नु भो भने सम्झिनुस् तपाइँ सेक्स एडिक्ट हो ।

सेक्सको क्षमता भए पनि नभएपनि जतिबेला पनि दिमागमा सेक्स सम्बन्धी बिचार आउनु वा यस्ता गतिविधीका लागि उद्दत रहनु सेक्स एडिक्सनको लक्षण हो ।