तीन वर्षमा कम्तीमा १५ करोड रुपैयाँ अनियमितता गर्ने दाउ
साढे ६ लाख औषधी चाहिनेमा १३ लाख खरिद
२१ लाख वटा औषधि स्टोरमै
२०० एमजीको चक्की हुनुपर्नेमा २ सय ५८ मात्रै
स्वास्थ्य सचिव मिश्रलाई पनि सचेत गराउने तयारी

 

१८ जेठ, काठमाडौं

 

medicine
तीन वर्षमा कम्तीमा १५ करोड रुपैयाँ अनियमितता गर्ने योजनासाथ स्वास्थ्य सेवभा विभागले दुर्गमका सुत्केरी महिलाका लागि प्रयोग हुने मिसोप्रोस्टोल औषधि किनेको खुलासा भएको छ ।

 

अघिल्लो वर्ष साढे ४ रुपैयाँका दरले किनिएको उक्त औषधिका लागि यसपटक विभागका अधिकारीहरुले ४२ रुपैयाँ तिरेका हुन् ।

 

विभिन्न कम्पनीहरुसँग बुझ्दा ठूलो परिमाणमा माग आए ९ रुपैयाँ प्रतिगोटाका दरले औषधि उपलव्ध गराउने प्रस्ताव आएको छ, अख्तियार स्रोतले भन्यो , सामान्य कोटेसनका रुपमा माग गरिएको मूल्यमा प्रतिस्पर्धा हुँदा ३/४ रुपैयाँ घटाउने प्रतिबद्धता आएको छ, औषधीको मुल्य ६ रुपैयाँभन्दा बढी पर्दैन ।

 

गत वर्ष ४ रुपैयाँ ७२ पैसामा खरिद गरिएको मिसोप्रोस्टोलको अधिकतम मुल्य ७ रुपैयाँ मान्ने हो भने प्रतिगोटा ३५ रुपैयाँका दरले अनियमितता भएको छ ।

 

यसपालि १३ लाख ३३ हजार गोटा औषधि खरिद गरिएको छ । थप दुई वर्षका लागि साढे १३ लाख गोटाका दरले विभागले खरिद सम्झौता गरिसकेको छ । स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक मिङयार ग्याल्जेन शेर्पाको पालामा तीन वर्षका लागि औषधि खरिदको योजना बनेको हो ।

प्रतिगोटा ३५ रुपैयाँका दरले यसपालि मात्रै ४ करोड ६६ लाख रुपैयाँ अनियमितता गर्ने दाउ देखिन्छ । स्रोतले भन्यो । तीन वर्षमा कुल रकम १४ करोड हुन आउँछ ।

 

औषधिको तौलसमेत तोकिएभन्दा कम भएकाले थप अनियमितता भएको हुनसक्ने जनाउँदै अख्तियार स्रोतले ३ वर्षका लागि कम्तीमा १५ करोड रुपैयाँको चलखेल अुनमान गर्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।